Nigrani Today

कलैया उपमहानगर भ्रष्टचारको अखडा बनेको आरोप

0 8

बारा । बाराको एक स्थानिय तह भ्रष्टचारमा लिप्त भएको आरोप लागेको छ । युवा समुह बाराले सो आरोप लगाएको हो । युवा समुहले उपमहानगरसँग सुचना माग्दा अधुरो सुचना दिएपछि भ्रष्टचार गरेको भन्दै युवा समुहले आईतवार पत्रकार सम्मेलन गर्दै सुचना माग गरेका छन् ।

उपमहानगरपालिकाले स्वास्थ्य क्षेत्रमा ५७ लाख ४७ हजार ४ सय ८ रुपैया खर्च गरेको मात्र सुचना दिएपनि त्यसको बिल भरपाई भने नदिएको युवा समुहको अगुवा डा। सुसिल साहले बताए ।

स्वास्थ्य क्षेत्रमा २ करोड रुपैया खर्च गर्नका लागि बोर्ड बैठकबाट पास गरेकामा ५७ लाखको मात्रै हिसाब देखाएको र बाँकीको लेखाजोखा नभएको साहले पत्रकार सम्मेलनमा जानकारी गराए ।

New manakamana

कोभिड १९ शुरु भएपछि गरिएको खर्चको विवरण २०७७ साल असोज ११ गते सुचनाको हक प्रयो गर्दै माग गरेकामा ४ दिनमा सुचना दिन्छु भनेर तोक लगाएका फाटवालाले २१ दिन पछि अपुरो सुचना दिएका थिए । नागरिकलाई सुचनाको हकबाट बंचित गराउनु कानुनको उलंघन भएको भन्दै कुनै बहनाबाजी नगरी सहज रुपमा सुचना उपलब्ध गराई दिन सरोकारवाला निकायसंग आग्रह समेत गरे ।


नर्मल थर्मोमिटर प्रति पिस २ सय, सर्जिकल माक्स ७५ रुपैया ५० पैसा, ग्लोभ्स प्रति पिस २ सय २० रुपैयाँमा खरिद गरिएको सुचना दिएको भएपनि बजारमा प्रति पिस नर्भल थर्मोमिटर १ सय रुपैयाँ, सर्जिकल माक्स ५ रुपैया, ग्लोभ्स ४५ रुपैया पाउने गरेको छ । मेसमा २० लाख खर्च, भिडियम १२ लाख भएको देखाए पनि कहाँकहाँ खर्च गरिएको छ भने बिल सहितको विवरण नदिएको साहले अरोप लगाए । सुचना नदिए कानुनी वाटो रोज्ने डा। साहले जानकारी गराए ।

त्यति मात्र होईन पिपिई १ सय २० थान, रैनकोट १ सय थान खरिद गरेको विवरण दिएपनि कहाबाट किनेको होे समेत खुलाएको छैन । बिल पनि नदिनुमा रहस्य रहेको साहले बताए । जिल्लामा रहेको १६ वटा स्थानिय तहले गरेको विकासको कार्यबारे प्रगति विवरण माग्दा केहि दिन पहिला सुर्वण गाउपालिकामा एक जना युवाले कुटाई खानु परेको थियो ।सभार राजधानी अनलाइन

gift corner
टिप्पणीहरु
Loading...