१२ चैत्र २०८२, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
मौलापुरकी मेयर रिना साहद्वारा मिस नेवाः वर्ल्ड सम्मानित – Nigrani Today
ताजा खबर

मौलापुरकी मेयर रिना साहद्वारा मिस नेवाः वर्ल्ड सम्मानित

काठमाडौं, १२ चैत ।नेवार समुदायको साँस्कृतिक परिवेशमा केंद्रित जातिय साँस्कृतिक सौन्दर्य प्रतियोगिताका रुपमा संचालन भएको मिस नेवाः वर्ल्डको अन्तिम प्रतिस्पर्धा सम्पन्न भएको छ ।

ललितपुरको ज्यापु प्रतिस्थानमा सम्पन्न सो प्रतियोगिताका विजेतालाई रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साह तथा आयोजक संस्था रेक्स इन्टरटेन्मेन्टका अध्यक्ष खगेस रञ्जितकार सहितकाले सम्मानका साथै आगामी दिनको सफलताको शुभकामना व्यक्त गरेका छन् ।

प्रतियोगितामा मिस नेवाः वर्ल्ड ११४६ तर्फ ललितपुर स्थित एशियन कलेजकी बिधार्थी जियाना महर्जनले मिस फ्रेनशिप , मिस क्याट वाल्क, बेस्ट ड्रेस , अर्गनाइजेसन च्वाईस सहित विजेताको ताज पहिरिन सफल भएकी छन् । गत वर्षकी बिजेता लरिशा शाहीले विजेताको ताज लगाइदिएकी हुन् ।
त्यसै गरी एम्बिसन कलेजकी प्रनिष्का तण्डुकारले मिस ट्यालेन्ट , मिस फिटनेस , ब्राण्ड एम्बेस्डर सहित फस्ट रनरको ताज पहिरिन सफल भईन। गत वर्षकी मिस नेवा: आईकन बिजेता रोजिका बज्राचार्यले प्रनिष्कालाई ताज पहिराएकी थिईन।
शहिद स्मारक कलेजकी प्रतिमा शाक्यले मिस डिसिप्लेन सहित
सेकेण्ड रनर रप को ताज प्राप्त गरिन भने प्रतिमालाई मिडियाकर्मी प्रभा अमात्यले ताज पहिराएकी थिईन । यसै क्रममा एसियन कलेजकी दिपिका महर्जन मिस स्मार्ट , सोसियल एम्बेस्डर सहित थर्ड रनर अप भईन। दिपिकालाई डान्स कोरियोग्राफर रोहिया महर्जनले ताज पहिराएकी थिईन ।
अनि जुबिल्यान्ट कलेजकी कशिश शाहीले मिस एक्युट सहित फोर्थ रनर अपको उपाधी प्राप्त गरिन ।
कशिशलाई मिडिया पर्सोनालिटी मण्डिरा राउतले ताज पहिराईन।
रेक्स इन्टरटेन्मेन्टको ब्यानरमा खगेश रंजीतकार आयोजक रहेको सो कार्यक्रम ईन्टरनेशनल कोरियोग्राफर रोजिन शाक्यले संचालन गरेका थिए । बिगत १५ बर्ष देखी नेवा धर्म, संस्कृति, सम्पदाको जर्गेनाका लागि मिस नेवाः वर्ल्ड कार्यक्रम हुदैआएको र नेवा: अधिकारको लागि अनि रास्ट्रमा महिलाको ५०% स्थान हुनु पर्दछ भन्दै अकल्पनीय जेन्जि आन्दोलन पश्चात गठित सरकारले नेवा: आवाज र नेवा: महिलालाई पनि प्रतिनिधित्व गराउनु पर्छ भनेर आयोजक खगेश रन्जितकारले बाताउनु भयो।
प्रमुख अतिथि रिना कुमारी शाहले छोरी र बुहारीलाई उच्च पद दिलाउनु पर्ने बताउनु भयो ।

प्रतियोगितामा २४ जना सहभागि सहभागि रहेका थिए । प्रतियोगिताको निर्णायक मण्डलमा मिस नेवाः वल्र्ड ११४५ लरिशा शाही, मिस नेवाः आईकन ११४५ रोजिका बज्राचार्य, डान्स कोरियोग्राफर रोहिया महर्जन, मिडियाकर्मीद्धय प्रभा अमात्य र मन्दिरा राउत रहेका छन् । यस कार्यक्रममा समाजसेवी निरन्जन पौडेलले स्वागत मन्तब्य गर्नुको भएको थियो । कार्यक्रमको संयोजनको साथ कुमारी देबीको नृत्य प्रस्तुति काराओके ईन्टरटेन्मेन्टकी म्यानेजर अप्रवी महर्जनले गरेकी थिईन । कार्यक्रम ललितपुरको ज्यापु प्रतिष्ठानमा सम्पन्न भएको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button