२० पुष २०८१, शनिबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
एनएमबी बैंक लालबन्दी शाखाले दियो जनज्योति क्याम्पसलाई दुई थान प्रोजेक्टर – Nigrani Today
ताजा खबर

एनएमबी बैंक लालबन्दी शाखाले दियो जनज्योति क्याम्पसलाई दुई थान प्रोजेक्टर

लालबन्दी । एनएमबी बैंक लालबन्दी शाखाले जनज्योति बहुमुखि क्याम्पस लालबन्दीलाई एक लाख बराबरको प्रोजेक्टर प्रदान गरेको छ ।
सामाजिक उत्तरदायित्व बोध गर्दै सो बैंकले मंगलबार क्याम्पसमै पुगेर सो मूल्य बराबरको दुई थान प्रोजेक्टर प्रदान गरेको क्याम्पसले जनाएको छ । एनएमबी बैंकका मधेश प्रदेश प्रमुख दिपेन्द्र मिश्र, एरिया म्यानेजर कमलेश प्रसाद यादव, एरिया सर्विस म्यानेजर राजकुमार विश्वकर्मा तथा बैंकको लालबन्दी शाखाका प्रवन्धक अरुण आचार्यले क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष दिपक अधिकारी, क्याम्पस प्रमुख उमेश तिमल्सिनाको रोहवरमा क्याम्पसलाई उक्त प्रोजेक्टर हस्तान्तरण गरेको हो ।
सो बंंैकको लालबन्दी शाखाका प्रवन्धक अरुण आचार्यले जनज्योति क्याम्पसले प्रोजेक्टरको माध्यमबाट पठनपाठन सुरु गर्ने थाहा पाएपछि आफूहरुले प्रोजेक्टर प्रदान गरेको बताए । उनले भने, ‘हरेक बैंक तथा वित्तिय संस्थाहरुले नाफाको केही प्रतिशत रकम सामाजिक कार्यमा खर्च गर्नु पर्ने प्रावधान रहेकोले सोही अनुरुप हामीले क्याम्पसलाई प्रोजेक्टर प्रदान गरेका हौ ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button