हरिपुर सहित सर्लाहीमा मनाइयो विश्व क्षयरोग दिवस

हरिपुर नगरपालिका सहित सर्लाही भरी नै विश्व क्षयरोग दिवस मनाइएको छ । “हो, हामी क्षयरोग अन्त्य गर्न सक्छौं” राष्ट्रिय अभियान, हाम्रो योगदान भन्ने मूल नारासहित मंगलबार हरिपुर नगरपालिका सहित सर्लाही जिल्लाभर विश्व क्षयरोग दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ।
हरिपुर नगरपालिका स्वास्थ्य शाखाको आयोजना तथा नगर प्रमुख गोपाल पजियारको अध्यक्षतामा सचेतनामूलक ¥याली, गरिएको थियो। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मीको उल्लेख्य सहभागिता रहेको थियो। ¥याली हरिपुर बजार क्षेत्र परिक्रमा गर्दै क्षयरोगबारे जनचेतना फैलाइएको थियो। सहभागीहरूले “क्षयरोग निको हुन्छ”, “समयमै परीक्षण गरौं, जीवन बचाऔं” जस्ता नारासहित प्लेकार्ड प्रदर्शन गरेका थिए।
कार्यक्रममा बोल्दै स्वास्थ्यकर्मीहरूले क्षयरोग एक सरुवा रोग भए पनि समयमै पहिचान र नियमित औषधि सेवन गरे पूर्ण रूपमा निको हुने बताएका थिए। उनीहरूले दुई हप्ताभन्दा बढी खोकी लागेमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा परीक्षण गराउन आग्रह गरे।
यसै अवसरमा निःशुल्क खकार परीक्षण तथा परामर्श सेवा पनि प्रदान गरिएको थियो।यसैगरी जिल्लाका अन्य स्थानीय तहहरूमा पनि सचेतना कार्यक्रम, स्वास्थ्य शिक्षा तथा घरदैलो अभियान सञ्चालन गरी क्षयरोग नियन्त्रणमा सहयोग पु¥याउने प्रयास गरिएको छ।
विश्व क्षयरोग दिवस प्रत्येक वर्ष मार्च २४ मा मनाइन्छ। सन् १८८२ मा डा. रोबर्ट कोचले क्षयरोगको जीवाणु पत्ता लगाएको दिनको सम्झनामा यो दिवस मनाउने गरिएको हरिपुर नगरपालिका स्वास्थ्य शाखा सह संयोजक नरेश ठाकुरले बताए ।
त्यस्तै क्षयरोग दिवसको अवसरमा हरिपुर वडा न.२ निवासी अति विपन्न परिवार गगन देव रामको छोरा वर्ष २० को अनिल कुमार राम लाई ५० केजी चामल,२.५केजी दाल,१लि.खाने तेल,२ केजी नुन,अण्डा ,नुहाउने र लुगा धुने साबुन ,ब्रस,पेस्ट र स्यम्पु सहयोग गरिएको थियोे ।




