२३ भाद्र २०८१, आईतवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
एमसिसी सदनमा लगेर गलत गरे : सुरेन्द्र पाण्डे – Nigrani Today
ताजा खबरमधेश प्रदेशराजनीतिसमाचारस्थानीय

एमसिसी सदनमा लगेर गलत गरे : सुरेन्द्र पाण्डे

सर्लाही,२९ श्रावन । पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले एमसिसीको विषयमा अहिले कुनै किसिमको छलफल नै नभएकाले हल्लाको पछि लाग्नुको अर्थ नहुने बताएका छन्।सर्लाहीको बागमतीमा प्रेस चौतारी नेपाले आयोजना गरेको पत्रकार भेटघाटमा नेता पाण्डेले नेपालमा आउने जुनसुकै सहयोगमा दातासँग कुनै न कुनै सम्झौता हुने गरेको बताए।

एमसिसी सदनमा लगेर गलत गरिएको पनि उनले तर्क गरे। एमसिसीभन्दा ठुल्ठूला सहयोगका परियोजना सरकार आफैंले स्विकारेको उनको भनाइ छ। एमसिसीको सम्बन्धमा पनि सर्तका बुँदाहरू केलाएर देशको हितविपरीत हुने बुँदा हटाई सम्झौता गर्नुपर्ने नेता पाण्डेको भनाइ छ।

नेता पाण्डेको धारणा मागेका पत्रकारहरूलाई संसदबाट एमसिसी पास हुने आशंकामा जनस्तरबाट यसको विरोध भइरहेको बताए।नेकपा एमाले अहिले गम्भीर क्षणमा रहेको पनि उनले बताए। आफूहरू एकता बचाउन अन्तिम प्रयासमा रहेको उनको भनाइ थियो। १० बुँदे सम्झौतालाई टेकेर अघि बढ्न सके पार्टीभित्र अहिले देखिएको विवाद अन्त्य हुने उनको ठहर थियो।

तत्कालीन नेकपा एमाले सरकारले ल्याएको वृद्ध भत्ता वितरण कार्यक्रमप्रति टिप्पणी गर्दै सस्तो लोकप्रियताका लागि यस्ता कार्यक्रम ल्याइए पनि यसले देशको अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्ने तर्क गरे।अब पनि रोजगारमूलक कार्यक्रम नल्याई यस्ता वितरणमुखी कार्यक्रम मात्र ल्याए निकट भविष्यमा कर्मचारीले तलब भत्ता समेत खान नपाउने दिन आउने भएकाले यसतर्फ सजक रहनुपर्नेमा जोड दिए। स्रोत थाहखबर अनलाइन।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button

Adblock Detected

Please off your AdBlocker.