६ पुष २०८१, शनिबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
सर्लाहीमा मुख्य निर्वाचन अधिकृत सहित २० वटै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना(सूची सहित ) – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

सर्लाहीमा मुख्य निर्वाचन अधिकृत सहित २० वटै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना(सूची सहित )

सर्लाही,८ वैशाख । सर्लाहीमा मुख्य निर्वाचन अधिकृत सहित २० वटै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । स्थानीय तहको निर्वाचनका लागि सर्लाही जिल्लामा मुख्य निर्वाचन अधिकृत सहित सबै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । सर्लाही सदरमुकाम मलंगवा नगरपालिका स्थित रहेको जिल्ला समन्वय समिति सर्लाहीको कार्यालयमा बिहिबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचनन कार्यालय सर्लाहीका निर्वाचन अधिकृत दिवाकर भुजेलले जानकारी दिनुभयो । त्यस्तै सर्लाहीको लालबन्दी नगरपालिका, चन्द्रनगर गाउँपालिका, कविलासी नगरपालिका, सहित जिल्लाको २० वटै पालिकामा निर्वाचन कार्यालय एकसाथ उद्घाटन भएको हो ।

उहाँका अनुसार मलङ्गवा नगरपालिकामा जिल्ला अदालत सर्लाहीका मुख्य न्यायाधीश ध्रवकुमार पिया, कविलासी नगरपालिकामा मालपोत कार्यालय हरिवनका प्रमुख रमेशप्रसाद गौतम, कौडेना गाउँपालिकामा जिल्ला अदालतका श्रेस्तेदार विश्वनाथ अर्याल, गोडैता नगरपालिकामा अध्यागमन विभाग काठमाडौँका निर्देशक मुकेशकुमार केशरी, ईश्वरपुर नगरपालिकामा सत्य निरुपण तथा मेलमिलाप आयोगका उपसचिव ठाकुरप्रसाद आचार्य, चक्रघट्टा गाउँपालिकामा सर्वोच्च अदालतका इजलास अधिकृत भीमबहादुर निरौला, चन्द्र नगर गाउँपालिकामा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव सुकदेव लम्साल, धनकौल गाउँपालिकामा सङ्घीय संसद् सचिवालयका उपसचिव शिवदत्त बराल निर्वाचन अधिकृत तोकिनुभएको छ ।

साथै पर्सा गाउँपालिकामा डिभिजन वन कार्यालयका प्रमुख सन्तोषकुमार झा, बरहथवा नगरपालिकामा महान्यायाधीवक्ताको कार्यालय काठमाडौँका उपन्यायाधीवक्ता दशरथ पङ्गेनी, बलरा नगरपालिकामा प्रदेशसभा सचिवालय जनकपुरधामका अधिकृत रञ्जितकुमार यादव, बसबरिया गाउँपालिकामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव रामेश्वर पोखरेल, बागमती नगरपालिकामा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव बिकाउकुमार यादवले निर्वाचन अधिकृतको जिम्मेवारी पाउनुभएको छ ।

त्यसैगरी ब्रम्हपुरी गाउँपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट उपन्यायाधिवक्ता केशवप्रसाद गौतम, रामनगर गाउँपालिकामा लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वासुदेव तिमल्सिना, लालबन्दी नगरपालिकामा महान्यायाधीवक्ताको कार्यालय काठमाडौँबाट उपन्यायाधीवक्ता विनोदलाल श्रेष्ठ, विष्णु गाउँपालिकामा शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीबाट उपसचिव गीरमान थापा, हरिपुर नगरपालिकामा जिल्ला सरकारी वकिलको कार्यालय सर्लाहीका जिल्ला न्यायाधीवक्ता ऋद्धिनाथ निरौला, हरिपूर्वा नगरपालिकामा कमलामाई नगरपालिका सिन्धुलीबाट उपसचिव शङ्करराज लुइँटेल र हरिवन नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट उपन्यायाधीवक्ता रुद्रप्रसाद आचार्य निर्वाचन अधिकृतको रूपमा खटिएका जिल्ला निर्वाचन कार्यालयका प्रमुख भुजेलले जानकारी दिनुभयो ।

मुख्य निर्वाचन अधिकृतसहित १९ जना निर्वाचन अधिकृतको आज एकैसाथ कार्यालय स्थापना गरिएको छ । मुख्य निर्वाचन अधिकृतको जिल्ला सदरमुकाम मलङ्गवास्थित जिल्ला समन्वय समितिको कार्यालयमा रहने छ भने अन्य १९ वटा स्थानीय निकायका निर्वाचन अधिकृतको सम्बन्धित पालिकाको कार्यालयमै निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने जिल्ला निर्वाचन कार्यालयका प्रमुख भुजेलले जानकारी दिनुभयो । मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय खुलेपछि निर्वाचनको तयारी अझ तीव्र रूपमा अघि बढ्ने बताइएको छ । जिल्ला रहेका २० वटा स्थानीय निकायका २०० वडामा ३१८ मतदानस्थल र ५९९ मतदान केन्द्र रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button