१७ मंसिर २०८०, आईतवार | Email:- [email protected] | [email protected]
सर्लाहीमा वडाध्यक्षको टिकट पाएपछि प्रधानाध्यापक पदबाट राजीनामा – Nigrani Today
ताजा खबरप्रदेश २राजनीतिसमाचारसमाजस्थानीय

सर्लाहीमा वडाध्यक्षको टिकट पाएपछि प्रधानाध्यापक पदबाट राजीनामा

सर्लाही,८ वैशाख । सर्लाहीको लालबन्दी नगरपालिकामा एक जना प्रधानाध्यापकले स्थानिय तहको चुनाव लडन पद बाट राजिनामा दिएको छ । वडाध्यक्षको टिकट पाएपछि लालबन्दी नगरपालिका वडा नम्बर ८ स्थित चन्द्रपुरमा रहेको आधारभूत विद्यालयका प्रधानाध्यापक शुक्र लामाले वडाध्यक्षमा टिकट पाएपछि प्रधानाध्यापकको पदबाट राजीनामा दिएका हुन् ।

उनले नेकपा माओवादी केन्द्रको तर्फबाट वडाध्यक्षको टिकट पाएका छन्। वडा नम्बर ८ को वडाध्यक्षमा पार्टीले उनको नाम सिफारिस गरेको छ। उनको टिकट पक्कापक्की नै भएको छ। टिकट पक्कापक्की भएपछि उनले बिहीबार प्रधानाध्यापकको जिम्मेवारीबाट विदा लिएका छन्। उनलाई विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा विद्यालयका शिक्षक विद्यार्थीहरुले फुलमाला लगाएर विदा गरेका छन् । वडाध्यक्षमा जीतको लागि उनलाई शिक्षक तथा विद्यार्थीहरुले शुभकामना समेत दिएका छन्।

२०६४ सालदेखि शिक्षण पेशामा आवद्ध लामा २०७४ सालमा सो विद्यालयको प्रधानाध्यापक भएका थिए। लामो समयदेखि अध्यापन पेशामा आवद्ध लामा माओवादी केन्द्रको सक्रिय सदस्य समेत थिए। पार्टीले टिकट दिएको र वडाध्यक्ष बनेर वडाको मुहार फेर्ने आफ्नो पनि चाहाना भएकोले जागीर नै छोडर पार्टी रोजेको प्रधानाध्यापक लामाले बताए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.