इन्टेग्रीटी आइकन नेपाल २०२२ बाट सर्लाहीमा कार्यरत हवल्दार सहित पाँच जना सम्मानित
सर्लाही,२४ कार्तिक । अकाउन्टविलिटी ल्याब नेपालले नवौँ संस्करण मार्फत पाँच जना इमान्दार कर्मचारीलाई सम्मानित गरेको छ । बिहिबार इन्टेग्रीटी आइकन नेपाल २०२२ बाट यस वर्षका पाँच जना राष्ट्र सेवक कर्मचारी सम्मानित भएको अकाउन्टविलिटी ल्याब नेपालका प्रोग्राम म्यानेजर अस्मिता शर्माले जानकारी दिइन् ।
सम्मानित हुनेहरुमा सडक विभागका ईन्जििनियर कल्पना अधिकारी, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ कृषि अनुसन्धान अधिकृत, मोहनकृष्ण महर्जन, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरगत लैंगिक समानता तथा सामाजिक समावेशीकरण शाखा प्रमुख रोशनी देवी कार्की, सीमा प्रशासन कार्यालय, नाम्चेमा कार्यरत शाखा अधिकृत, सुजन कुमारी बर्देवा, र जिल्ला प्रहरी कार्यालय सर्लाही अन्तरगत प्रदेश अस्पताल सर्लाहीमा कार्यरत प्रहरी हवल्दार राजेश साह जयसवाल रहेका छन् ।
निर्वाचनको समय भएकोले यस वर्षको सम्मान कार्यक्रम सिमित व्यक्तिको उपस्थितिमा मात्र कार्यक्रम सम्पन्न गरिएको अकाउन्टविलिटी ल्याब नेपालकी प्रोजेक्ट असोसियट ओसिन महर्जनले जानकारी दिइन्न । १ सय जनाको प्रत्यक्ष सहभागिता रहेको कार्यक्रमको सामाजिक सञ्जालबाट गरिएको प्रत्यक्ष प्रशारण हजारौं व्यक्तिले हेरेका थिए ।
पाँच जना आईकन सार्वजनिक भईसकेपछि उनिहरूलाई चिनाउन र यस अभियानमा आम नागरिकलाई सहभागी गराउन सामाजिक सञ्जालहरूबाट विभिन्न अभियानहरू सञ्चालन गर्नुकासाथै जिल्ला स्थीत सञ्जाल पनि परिचालन गरिएको थियो । सेवाग्राहीको सुझावको आधारमा पाँचै जनालाई छुट्टाछुट्टै टाईटलबाट अवार्ड गरिएको थियो । जस अन्तरगत, कल्पना अधिकारी ,“लिड बाई इक्जाम्पल“ , मोहनकृष्ण महर्जन “सिमबोल अफ डेडिकेशन “, रोशनी देवी कार्की “भोईस अगेन्स्ट ईनजस्टिस“ , सुजन कुमारी बर्देवा “प्राक्टिकल इन एक्सन“ र राजेश साह जयसवाल “ग्राउन्डेड विथ भ्यालुज“ टाईटलबाट सम्मानित भएका थिए ।
“ईन्टेग्रिटी आईकन २०२२” बाट सम्मानित हुने पाँचै जनालाई बधाई तथा शुभकामना दिदै कार्यक्रमा “ईन्टेग्रिटी आईकन २०२१” मनमाया भट्टराई पंगेनीले भन्नुभयो “हामीले सेवा प्रवाह गर्दा बोली व्यवहार र शैलीको माध्यमबाट जिम्मेवारी पुरा गर्नुपर्दछ । यसले हाम्रो व्यक्तिगत र व्यवसायिक जिवनलाई सहज र सरल बनाईदिन्छ ।”