१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
ढाट हानेर स्थानियले गरे हुलाकी राजमार्ग अवरुद्ध, संघिय सांसद उम्मेदवार डा. बैठाको पनि एक्यबद्धता – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

ढाट हानेर स्थानियले गरे हुलाकी राजमार्ग अवरुद्ध, संघिय सांसद उम्मेदवार डा. बैठाको पनि एक्यबद्धता

सर्लाही,२५ कार्तिक। मंसिर ४ गते हुने चुनावलाई लिएर दलहरुले प्रचार प्रसार गर्न पाउने भएपनि सर्लाहीको मलंगवा नगरपालिका वडा नं. ७ मुसैलीमा भने दल र तिनका नेता तथा उमेदवारहरुलाई आवातजावतमा आज रोक लगाइएको छ । मुसैलीका स्थानिय तथा युवाहरुले ढाट हानेर प्रदर्शन गरिरहेको छ ।

तराईको लाईफलाईन मानिएको हुलाकी राजमार्ग निर्माणमा लापरवाही गरेको र जनताको स्वास्थ्यमा खेलवाड गरेको कारण स्थानीय तथा युवाहरुको समुले नेताहरुलाई चुनावी प्रचारप्रसार गर्न आवतजावतमा शुक्रवार रोक लगाएको छ ।

हुलाकी राजमार्ग समयमै बनाउन नसकिएपनि सडकमा नियमित पानी छिटेर धुलो उड्न रोक्ने कार्य समेत नगरेको भन्दै सडकमा उड्ने धुलोका कारण नागरीकको स्वास्थ्यमा नकरात्मक असर परिरहेको मुसैलीका स्थानिय लक्ष्मण रायको गुणासो छ ।

सडक नबन्दा तराईका हजारौं बासिन्दाले यात्रामा कठिनाई भोग्नु परीरहेको छ । हुलाकी राजमार्ग समयमै बनाउने भनेर प्रतिवद्धता गर्न र अलपत्र छाड्ने गरेको कारण नेता र नेतृत्वबाट पटक पटक धोका भएकोले आवातजावतमै रोक लगाउने निर्णय गरेर आफूहरु सडक अबरुद्ध गर्न बाध्य भएको मुसैलीका अर्का स्थानिय रामटहल महतोले बताउनुभयो ।

प्रशासनले समेत हुलाकी सडक नबनाउने ठेकेदारलाई कुनै कार्वाही नगरेको भन्दै अब जनताले नै निर्णय गर्ने भन्दै आफूहरु सडक अवरुद्ध गर्न अघि बढेको स्थानिय राम टहलले भन्नुभयो । तत्काल सडकमा पानी छर्कने काम गरे र सडक छिट्टै बनाउने प्रतिवद्धता भएमात्रै सडक खुलाउने स्थानियहरुको भनाइ छ ।

हुलाकी राजमार्ग नबन्दा स्थानियहरुले वर्षौ देखि शास्ती भोग्नु परेको छ, नेताहरुले चिलो गाडी चढेर आउने गरेको हुदाँ धुलोको समस्यालाई मतलब नगरेको स्थानिय बिन्देश्वर महतोले जानकारी दिनुभयो । धुलोले गर्दा हुलाकी राजमार्गमा दिनहु हजारौ मानिसहरु प्रभावित बनेको छ । अब चुनाबकै समयमा यि नेताहरुलाई वेवस्ता गरे मात्र यो समस्या हटने स्थानिय महतोले बताउनुभयो ।

यसैगरी दल र तिनका नेता तथा उमेदवारहरुलाई आवातजावतमा स्थानियले रोक लगाएको प्रदर्शनमा सर्लाही क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार समाज रुपान्तरण विषयमा क्यानाडाबाट मानार्थ विद्यावारिधि प्राप्त गरेका डा.बीरवंश बैठाले एक्यबद्धता जनाएका छन । डा. बैठाले यस अघि जितेका जनप्रतिनिधिहरु जन्तालाई ठग्ने र झुक्याउने काम मात्र गरेको हुदाँ आफुले स्थानियको प्रदर्शनालाई समर्थन गरेको बताउनुभयो । यस अघि जितेका नेताहरुले चुनावमा करोडौ खर्चेर जिते, यसपाली पनि यिनिहरुले पैसाको खोलो चुनाव जित्त खोल्ने डा. बैठाले आरोप लगाउनुभयो । अब क्षेत्र नं. २ बासी सजग र सचेत भएको यो आन्दोलन बाट नै देखाएको डा. बैठाले भन्नुभयो । डा. बैठा लौरो चुनाव चिन्ह लिएर चुनावी प्रतिस्पर्धामा छन ।


नागरीक समाजका अगुवा रजनिकान्त झाले दबाब दिनु स्वभाविक हो, यो कार्य पहिला नै हुनुपर्ने थियो, युवाहरुले सरकारलाई ध्यानकर्षण गर्नु राम्रो भएको बताए । नेताहरुमा कर्मठता नभएको कारण यस्तो समस्या नभएको झाले बताए । युवाहरुले शिर्ष नेताहरुलाई ध्यानकर्षण गरेको प्रति नागरीक समाजका अगुवा झाले धन्यवाद समेत दिएका छन ।
यसअघि पनि सर्लाहीको कौडेना गाउँपालिका र मलंगवा नगरपालिका स्थानियहरुले नो रोड नो भोटको नारा घनकाउँदै हुलाकी राजमार्ग अवरुद्ध गरेर दल र तिनका नेता तथा उमेदवारहरुलाई आवातजावतमा रोक लगाइएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.