२३ भाद्र २०८१, आईतवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
हरिपुरमा सुरक्षित वैदेशिक रोजगार सम्बन्धि सचेतनामुलुक कार्यक्रम सुरु – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

हरिपुरमा सुरक्षित वैदेशिक रोजगार सम्बन्धि सचेतनामुलुक कार्यक्रम सुरु

हरिपुर । सर्लाहीको हरिपुर नगरपालिकाको सहयोगमा मुनाल सामुदायिक संस्थाले बुधबारबाट सुरक्षित वैदेशिक रोजगार सम्बन्धि सचेतनामुलुक कार्यक्रम सुरु गरेको छ। कार्यक्रमको हरिपुर नगरपालिका मेयर गोपाल पजियारले मल्हनिया ताल परिषरमा एक कार्यक्रमको बीच उद्घाटन गर्नुभयो ।कार्यक्रममा हरिपुर नगरपालिकाका कार्यपालिकाका सदस्यीय तथा नौवटै वडाका वडा सचिवहरुको सहभागीता रहेको थियोे ।

वैदेशिक रोजगारीमा गएका, त्यहाबाट फर्किएर आएका र जाने तयारी गरिरहेकाहरुका लागि यो कार्यक्रम निकै प्रभावकारी हुने भएकाले नगरले आगामी वर्षमा नीति तथा कार्यक्रम बनाउदा सीपमूलक र विदेशबाट फर्किएर आएकाहरुको सीपलाई मुल्यक गरि आयआर्जन हुने खालको कार्यक्रमलाई थप बिस्तार गर्दै लैजाने नगर प्रमुख पजियाले बताउनुभयो छ।

सुरक्षित वैदेशिक रोजगारी सम्बन्धि सचेतना प्रवाह गर्ने उदेश्यले नगरभित्रका नौवटै वडामा कार्यक्रम संचालन हुने संस्थाले जानकारी दिएको छ। वैदेशिक रोजगारीलाई सुरक्षित व्यवस्थित र मर्यादित बनाउनका लागि नगरले स्थानीय संस्थासंगको समन्वयमा थप कार्यक्रमको आयोजना गरि प्रभावकारी तरिकाले कार्यान्वयन गर्न हरिपुर नगरपालिका लागि परेको प्रमुख प्रशासकीय अधिकृत दिवाकर भुजेलले जानकारी दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button

Adblock Detected

Please off your AdBlocker.