२६ बैशाख २०८१, बुधबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
बाल संरक्षण सम्बन्धी क्षमता अभिबृधी तालिम सुरु – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

बाल संरक्षण सम्बन्धी क्षमता अभिबृधी तालिम सुरु

सर्लाही,२ मसिर । सर्लाहीको लालबन्दी नगरपालिकामा हरिपुर्वा तथा पर्साका बाल अधिकार समितिका पदाधिकारीहरुलाई बाल संरक्षण सम्बन्धी ३ दिने क्षमता अभिबृधी तालिम सुरु भएको छ । अस्ट्रेलियन एड,वर्ल्ड भिजन, ह्याण्डीक्याप इनटरनेशनल, राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र, विश्व शिक्षा, तथा हरिपुर्वा नगरपालिका र पर्सा गाउँपालिकाको समन्वयमा समावेशी शिक्षा सुदृढीकरण (सिकाइ ) परियोजना अनतर्गत बाल अधिकार समितिका पदाधिकारीहरुलाई तालिम प्रदान गरिने छ ।

तालिम आज बाट सुरु भई सोमवार समापन गरिने राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्रका संरक्षण संयोजक नागेन्द्र प्रसाद साहले बताउनुभयो ।तालिममा ३ दिन सम बालबालिकाको विभिन्न सवालमा सहभागीहरुलाई सिकाइने संरक्षण संयोजक साहले बताउनुभयो ।

तालिमको उद्घाटन कार्यक्रममा हरिपुर्वा नगर प्रमुख बिनोद कुमार साहले सम्बोधन गर्नु हुदै राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्रले हरुपुर्वा नगरपालिकामा ठुलो योगदान पुर्याएको बताउनुभयो । उहाँले बालबालिकामा राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्रका कारण ठुलो परिवर्तन भएको बताउनुभयो ।

कार्यक्रममा हरिपुर्वा नगर उपप्रमुख सुमिन्त्रा देवी गवारिन, प्रमुख प्रशासकीय अधिकृत बसन्त न्यौपाने, वडा नं ८ का वडा अध्यक्ष रमेश यादव , वडा नं १ का वडा अध्यक्ष श्यामबाबु यादव, वडा नं ५ का वडा अध्यक्ष विजय भुषण साह, वडा नं ६ का वडा अध्यक्ष रामसोगारथ राय यादव,राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्रका कोषाध्यक्ष पिंकी साह, प्रशासकीय अधिकृत कुमार परियार लगायत सहभागीहरुको उपस्थिति रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.