८ मंसिर २०८१, शनिबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
बालिका तथा समावेशी शिक्षा संजाल गठन रणनिति योजना कार्यक्रम हरिवनमा सम्पन्न – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

बालिका तथा समावेशी शिक्षा संजाल गठन रणनिति योजना कार्यक्रम हरिवनमा सम्पन्न

प्रेमनाथ पौडेल
हरिवन । सर्लाहीको हरिवन नगरपालिकामा बालिका समावेशी शिक्षा संजाल गठन तथा रणनितिक योजना कार्यक्रम सम्पन्न भएको छ । देश प्रजातन्त्र ,लोकतन्त्र हुदै गणतन्त्र र संघियता मा आई सक्दा पनि शिक्षामा समाबेशि र समतामुलक शिक्षा कार्यान्वयन हुन नसक्दा ,बालिका ,तथा बिभिन्न लैगिक सवाल नभएका हरुले सहि र न्यायोचित रुपमा शिक्षा पाउने अधिकार बाट बञ्चित  भई रहेका छन ।

बौद्धिक ,शारिरिक तथा आर्थिक रुपले कमजोर पछाडी परेका अल्प संख्यक जातजातिका बालिकाहरुलाई सहज रुपमा शिक्षा प्रदान गर्न सकिन्छ र उनि हरुलाई कसरी बिधालय सम्मको पहुचमा वृद्धी गराई बिधालयमा टिकाउन र बालिका हरुमामा शिक्षाको गुणस्तरमा सुधार ल्याउन सकिन्छ भन्ने लक्ष्यका साथ समाबेशि बालिका शिक्षा रणनीति योजना तथा संजाल गठन कार्यक्रम गरिएको हो ।

हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी ९कमल ०को अध्यक्षता एवम मधेश प्रदेश शिक्षा तथा संस्कृति मन्त्रालयका सचिब महेन्द्र महतोको प्रमुख आतिथ्यतामा नगरपालिकाको सभाहलमा बृटिस काउन्सिल र युनिसेफको आयोजनामा कार्यक्रम सम्पन्न भएको हरिवन नगर शिक्षा अधिकृत रुस स्टालिन चौलागाईले बताउनु भयो ।

कार्यक्रममा समावेशी समतामुलक शिक्षाको आवश्यकता ,रणनिति योजनाका साथै पालिका स्तरिय बालिका रणतिति योजना संजाल गठनको बारेमा एजुकेशनल पैजेजका लवराज ओलिले कार्यक्रम उदेश्य लक्ष्य र कार्यक्रमको बारेमा जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा नगर उप प्रमुख संयोजक रहेको १५ सदस्य नगरपालिका बालिका समाव्ेशी शिक्षा रणनीति संजाल समेत गठन गरिएको छ ।जसको संरक्षकको रुपमा नगरप्रमुख रहने ब्यबस्था गरेको छ भने सदस्य हरुमा प्रमुख प्रशासकीय अधिकृत ,महिला तथा बालबालिका प्रमुख ,स्वास्थ्य शाखा प्रमुख अपाङ्ग्ता भएका बालिकाका अभिभावक ,वडा अध्यक्ष संचारकर्मी लगायत रहेने प्राबधान रहेको बताइएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button