
सर्लाही। सर्लाहीमा आज कुनै पनि औपचारिक कार्यक्रमहरू नगर्न जिल्ला प्रशासन कार्यलय सर्लाहीले आग्रह गरेको छ । पोखराको लागि यती एयरको एटीआर–७२–५०० दुर्घटना ११ः०० बजेको समयमा कास्की जिल्लाको पोखरा महानगरपालिका –१५ नयाँगाउँस्थित सेती नदीको खोचमा दुर्घटना भएको थियो । विमान दुर्घटना मुलुकको आन्तरिक हवाई उडानको इतिहासमै सबैभन्दा धेरै मानवीय क्षति भएको दुर्घटना बनेको छ ।
घटनाप्रति दुःख व्यक्त गर्दै आज सोमबारका दिन अत्यावश्यक सेवा वाहेक नेपाल राज्यभर शोक विदा दिने निर्णय भएको हुँदा जिल्ला स्थित सबै सरकारी, स्थानीय तहहरूले जिल्ला भित्र कुनै पनि औपचारिक कार्यक्रमहरू नगर्न गराउन प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले आग्रह गर्नुभएको छ । पोखराको यो घटनाले सिंगो मुलुक नै शोकमय बन्न पुगेको छ । सरकारले सो घटनाको शोकमा आज सार्वजनिक बिदा दिएको छ । यति एयरको विमानमा सवार ७२ जनाकै मृत्यु भएको छ छ । ७२ जना मध्ये भने ६८ जनाको शव संकलन भैसकेको छ ।
विमानमा सवार यात्रुमध्ये ५३ नेपाली र १५ विदेशी यात्रु थिए । विदेशीमध्ये ५ भारतीय, ४ रसियन, २ कोरियन, १ अर्जेन्टिनी, १ अस्टे«लियन, १ आइरिस र १ फ्रान्सेली नागरिक थिए । जहाजमा चालक दलका सदस्यमा पाइलट कमल केसीसहित कोपाइलट अञ्जु खतिवडा तथा एयरहोस्टेज सिर्जना होंगचु र ओसिन आलेमगर थिए ।