१९ जेष्ठ २०८०, शुक्रबार | Email:- [email protected] | [email protected]
थारु सांस्कृतिक प्रतियोगिताको उपाधि ईश्वरपुरको योङस्टार समूहलाई – Nigrani Today
ताजा खबरप्रदेश २समाचारसमाजस्थानीय

थारु सांस्कृतिक प्रतियोगिताको उपाधि ईश्वरपुरको योङस्टार समूहलाई

चन्द्रनगर,१ माघ। माघी साँस्कृतिक प्रतियोगिताको उपाधी पोखरीयाका योङस्टार युवा ग्रुपले जितेको छ ।तिला संक्रान्ती माघी मेला महोत्सवको अवसरमा चन्द्रनगर ३ स्थित गेरुकाटोलमा आयोजित साँस्कृतिक कार्यक्रममा सहभागि २९टिममध्ये ईश्वरपुर नगरपालिका १ पोखरीयाको योंगस्टार युवा समूह प्रथम भएको हो । उसले ७ हजार रुपैयाँ तथा पुरस्कार र प्रमाणपत्र पाएको छ ।

त्यस्तै प्रतियोगितामा लालबन्दी ४ को हरिभवन नयाँ टोल द्वितीय भएको छ भने सोनाली ग्रुपको अनुराग चौधरी तृतीय भएका छन् । द्वितिय भएको नयाँ टोलले नगद ५ हजार प्रमाणपत्र र तृतीय भएका अनुरागले नगद ३ हजार रुपैयाँ र प्रमाणपत्र पुरस्कार पाएका छन् ।उनीहरुलाई क्रमश ः मेला महोत्सवका प्रमुख अतिथी सर्लाही क्षेत्र नम्बर १ का संघीय सांसद रामप्रकाश चौधरी, विशिष्ट अतिथि थारु कल्याणकारी समितिका जिल्ला सभापती शिवकुमार चौधरी र घरेलु तथा साना उधोग कार्यालयका प्रमुख जितेन्द्र किशोर गुप्ताले पुरस्कार प्रदान गरेका थिए ।त्यसैगरी महोत्सवका अवसरमा महोत्सवमा स्टल राखी व्यवसायी गर्ने १० जना उत्कृष्ट उद्यमीहरुलाई नगदसहित प्रसंसा पत्र प्रदान गरीएको अन्य २३ जना उधमीलाई पनि सम्मान गरेको छ ।

मधेश प्रदेश सरकार उद्योग, पर्यटन तथा वन मन्त्रालय, उद्योग विभाग अन्तर्गतको घरेलु तथा साना उधोग कार्यलय मलंगवा सर्लाहीको सह–आयोजना रहेको महोत्सव थारु कल्याणकारी समिति गाउँ इकाई समिति चन्द्रनगर–३ गेरुकाटोलले आयोजना गरेको हो ।थारु कल्याणकारी सभा सर्लाही जिल्ला कार्य समितिको संयोजनमा शनिबारबाट सुरु भएको महोत्सव आइतवार गरी दुई दिन चलेको थियो ।

महोत्सवमा थारु संस्कृति झल्कने विभिन्न व्यवसायीक स्टलहरु समेत राखिएको थियो ।थारु सम्बत २६४६ एवम् तिला संक्रान्तीको अवसरमा आयोजित महोत्सवको उद्घाटन आइतवार प्रदेश सांसद उपेन्द्र महतो, संविधान सभा सदस्य रामचन्द्र चौधरी, चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतो, उपाध्यक्ष गिता देवी महतो, लगायतको आतिथ्यतामा प्रमुख अतिथी संघीय सांसद रामप्रकाश चौधरीले गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.