७ मंसिर २०८१, शुक्रबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
Nigrani Today
ताजा खबरमधेश प्रदेशशिक्षा स्वास्थ्यसमाचारसमाज

आफ्नो समुदाय बनाउन बालबालिकाले अनुगमन गर्नु पर्छ ः नगरप्रमुख साह

हरिपुर्वा, जेष्ठ ९ । “आफ्नो समुदाय बनाउन बालबालिकाले अनुगमन गर्नु पर्ने हरिपुर्वा नगरपालिकाका मेयर विनोद कुमार साहले बताउनुभएको छ ।
वल्र्डभिजन इन्टरनेसनल नेपालसँगको साझेदारीमा बागमती सेवा समाज नेपालद्वारा संचालित बाल संरक्षण तथा समुदाय संलग्नता बाल स्पोन्सरशीप परियोजना अन्तर्गत ३ दिने बाल नेतृत्व सम्बन्धी अनुगमन कार्यशाला गोष्ठीको समापन कार्यक्रममा मेयर साहले यस्तो बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘‘आफ्नो समुदाय बनाउन बालबालिकाले अनुगमन गर्नुपर्छ, बालबालिका भविष्यका कर्णधार हुन् उनीहरुको लागि जति बजेट छुट्याएपनि त्यो कम हुन्छ ।” मेयर साह भन्नुहुन्छ, “हामी पनि अनुगमन गछौं । हाम्रो समुदायमा भएका कार्यक्रमहरु सराहनीय छन् ।”
कार्यक्रममा मेयर साहले बालबालिकाका लागि नगरपालिकाले जति सक्दो धेरै बजेट छुट्याउने प्रतिबद्धता जाहेर गर्नुभयो ।
तीन दिनसम्म चलेको कार्यशाला गोष्ठीमा बालबालिकाले बागमती सेवा समाज नेपाल, हरिवन सर्लाही र राष्ट्रिय रोजगार प्रबद्र्धन केन्द्र, मलंगवाबाट हरिपुर्वा नगरपालिका र पर्सा गाउँपालिका के कस्तो क्षेत्रमा के कसरी भएको सहयोग बारेमा जानकारी हाँसिल गर्दै तथ्याङ्क, तथ्याङ्कको प्रकार तथा महत्व, यसको संकलन तथा व्यवस्थापन कसरी गर्ने भन्ने पनि जानकारी हाँसिल गरेको बागमती सेवा समाज नेपालका परियोजना संयोजक प्रमेश बादेले जानकारी दिनुभयो ।
हरिपुर्वा नगरपालिका र पर्सा गाउँपालिकाका बालबालिका तथा किशोरकिशोरीको सहभागिता भएको उक्त गोष्ठीमा वहाँहरुको चार समूह बनाई हरिपुर्वा नगरपालिकाको विभिन्न वडाँहरुमा विभिन्न विषयगत क्षेत्रको अनुगमन समेत गरी लाभदायक हरुसँग छलफल, अन्तरक्रिया तथा अन्तरवार्ता समेत लिएका थिए साथै सबै सदस्यहरुले आ–आफ्नो समूहको प्रस्तुत र अनुभव समेत बताएका बालबालिका तथा किशोरकिशोरीहरु खुशी भएको संयोजक बादेले बताए ।
बालबालिकाहरुले आ–आफ्नो वडामा विभिन्न परियोजनाको कामहरु कसरी काम भईरहेको अनुगमन गर्नु र बुझ्नु, साथै सम्बन्धित निकायमा जानकारी पृष्ठपोषण गर्नु रहेको वल्र्ड भिजन इन्टरनेसनल नेपाल, बर्दिवास ईष्टफिल्ड कार्यालय क्लष्टरका प्रमिल अधिकारीले बताउनु भयो ।
विभिन्न छलफल, खेल तथा अभ्यासका माध्यमबाट ३ दिन सम्म सञ्चालन भएको कार्यशाला गोष्ठीको सहजिकरण वल्र्ड भिजन इन्टरनेसनल नेपाल, बर्दिवास ईष्टफिल्ड कार्यालय क्लष्टरका प्रमिल अधिकारी, संसार श्रेष्ठ तथा प्रमेश बादेले गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button