१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
लालबन्दी नगर वाङ्‌मय परिषद्को विद्यालयस्तरीय कविता तथा गजल प्रतियोगितामा पुन: जनज्योति माध्यमिक विद्यालयको पोल्टामा – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजसाहित्यस्थानीय

लालबन्दी नगर वाङ्‌मय परिषद्को विद्यालयस्तरीय कविता तथा गजल प्रतियोगितामा पुन: जनज्योति माध्यमिक विद्यालयको पोल्टामा

सर्लाही,१४ जेठ ।लालबन्दी नगरपालिका, लालबन्दी नगर वाङ्‌मय परिषद्, लालबन्दी सर्लाहीको आयोजना तथा श्री जनता माध्यमिक विद्यालय लालबन्दी -११, हिरापुर सर्लाहीको तत्त्वावधानमा ‘लालबन्दी नगर विद्यालयस्तरीय कविता तथा गजल प्रतियोगिता’को दोस्रो संस्करणमा जनज्योति माध्यमिक विद्यालय लालबन्दी-९, सर्लाहीका छात्र संयोग घिमिरे प्रथम भएका छन् ।

लालबन्दी नगरभित्रका सामुदायिक तथा संस्थागत गरी २१अ‍ोटा विद्यालयका ४१ जना प्रतियोगीहरूले कविता उपलब्ध गराई कविता वाचन गरेका थिए। ती ४१ जना प्रतिस्पर्धीलाई पछाडि पार्दै घिमिरे प्रथम भएका हुन्। ५० पूर्णाङ्कमा मूल्याङ्कन गरिएको कविता प्रतियोगितामा घिमिरेले ३५.५ अङ्क लिएर ‘मेरो देश’ शीर्षकीय कविताबाट प्रथम भई नगद रु. ३५ सयसहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

लर्डब्राइट विजडम इन्टरनेसनल माध्यमिक विद्यालय लालबन्दीका रितिका क्षेत्री र प्रज्ञा सत्यालले क्रमश: द्वितीय र तृतीय स्थान अ‍ोगट्न सफल भएका थिए।

जनज्योति माध्यमिक विद्यालयकै अर्की प्रतियोगी साधना तिमल्सिना र दिव्यज्योति अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालयकी छात्रा समृद्धि पौडेलले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए। द्वितीय, तृतीय र सान्त्वना पुरस्कारको राशि क्रमश: २५ सय, १५ सय र जनही ५ सयसहित ट्रफी, प्रमाणपत्र रहेको थियो।

कार्यक्रममा निर्णायकका रूपमा कवि तथा गजलकार एवम् हरिवन नगरपालिकाका शिक्षा शाखा प्रमुख रुस स्टालिन चौलागाईँ, कवि तथा गजलकार एवम् महादेव जनता माध्यमिक विद्यालय हरिवनका प्रधानाध्यापक गिरिराज राना र खण्डकाव्यकार तथा गजलकार कुमार दाहाल कुसुम रहेका थिए। कार्यक्रममा लालबन्दी नगरपालिकाका नगर प्रमुख बासुदेव अधिकारी, उप प्रमुख कल्पनामाया पाख्रिन, प्रमुख प्रशासकीय अधिकृत वसन्त न्यौपाने, शिक्षा तथा खेलकुद शाखा प्रमुख लक्ष्मी शिवाकोटीलगायत परिषद्का पदाधिकारी, सदस्यहरू, शिक्षक, विद्यार्थीको भव्य उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता परिषद्का अध्यक्ष अच्युत अधिकारी, कार्यक्रम संयोजन परिषद्का सचिव सुमन घिमिरे अग्रिम र कार्यक्रम सहजीकरण परिषद्का कोषाध्यक्ष विवश पौडेलले गर्नुभएको थियो।

स्मरणीय कुरा के छ भने यस प्रतियोगिताको प्रथम संस्करण पनि गत वर्ष श्री जनज्योति माध्यमिक विद्यालयकी कक्षा १० की छात्रा आश्रिता दाहालले हात पारेकी थिइन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.