११ आश्विन २०८१, शुक्रबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
पर्सा गाउँपालिकामा सिकाइ परियोजनाको वार्षिक समिक्षा बैठक सम्पन्न – Nigrani Today
Musical Night Live show Enjoy!
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

पर्सा गाउँपालिकामा सिकाइ परियोजनाको वार्षिक समिक्षा बैठक सम्पन्न

सर्लाही । सर्लाहीकोपर्सा गाउँपालिकामा सिकाइ परियोजनाको वार्षिक समिक्षा बैठक सम्पन्न भएको छ।्र अष्ट्रेलिया सरकारको आर्थिक सहयोग तथा वल्र्ड भिजन ईन्टरनेसनल नेपाल, ह्याण्डिक्याप ईन्टरनेसनल, विश्व शिक्षा र राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र, मलङ्गवा सर्लाहीको साझेदारीमा विगत पाँच वर्षदेखि पर्सा गाउँपालिकामा संचालित समावेशी शिक्षा सुदृढीकरण (सिकाइ) परियोजना अन्तर्गत अति जोखीममा परेका बालबालिकाहरूको शिक्षामा समान पहुच र सहभागीता तथा आधारभुत तहमा समतामूलक सिकाइ उपलब्धि वृद्धि गर्ने लक्ष्यका साथ सञ्चालन हुदँै आएको छ ।

उक्त परियोजनाको अवधि समापन हुने भएकोले वार्षिक समीक्षा तथा पुनरावोलोकन बैठकको क्रममा पर्सा गाउँपालिकाले सिकाइ परियोजनाको कर्मचारीहरुलाई मायाको चिनो सहित दोसला ओढाई सम्मान कार्यक्रम गरेको छ । बैठकको अध्यक्षता पर्सा गाउँपालिकाको अध्यक्ष धिरेन्द्र राय यादवले गर्नु भएको थियो ।

सिकाई परियोजनाले जुलाई देखि जुन २०२४ सम्म गरेको काम र उपलब्धिहरु संस्थाका बरिष्ठ परियोजना संयोजक आदित्य पटेलले प्रस्तुत गर्नुको साथै परियोजनाको शुरुयाती सर्वेक्षण र अन्तिम सर्वेक्षणको परिणाम पनि प्रस्तुत गर्नु भएको थियो । त्यसै गरि परियोजनाको सहकार्यमा प्राप्त उपलब्धिहरूलाई संस्थागत गर्नका लागि केही क्रियाकलापहरूलाई निरन्तरका लागि गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८१–८२ को नीति तथा बजेटमा समावेश गर्न कार्ययोजना संस्थाका संरक्षण संयोजक नागेन्द्र प्रसाद शाहले प्रस्तुत गर्नु भएको थियो ।

पर्सा गाउँपालिकाका अध्यक्ष यादवले सिकाई परियोजनाले शिक्षाको क्षेत्रमा गरेको कामको प्रशंसा गर्दै काम गर्ने तरिका र पालिका संगको समन्वय तथा सहकार्य राम्रो रहेको बताउनु भएको थियो । परियोजनाले भौतिक पुर्वाधारको क्षेत्रमा पनि गुणस्तरीय काम गरेकोले पालिकालाई राहत पुगेको उहाले बताउनु भयो । पर्सा गाउँपालिकाले शिक्षा, स्वास्थ्य र कृषिको क्षेत्रलाई प्राथमिकतामा राखी गाउँपालिकाको नीति तथा कार्यक्रममा सामबेश गर्ने उहाले प्रतिबध्ता ब्यक्त गर्नु भएको छ ।

समिक्षा बैठकमा गाउँपालिकाका उपाध्यक्ष नुतन देवी मण्डल, वडा अध्यक्ष सतेन्द्र यादव, राकेश राम, रघुनाथ साह, गणेश साह, महिला बालबालिका शाखा प्रमुख चन्दा यादव, स्वास्थ्य शाखा प्रमुख प्रमोद मण्डल, बिद्यालयका प्र. अ., कार्यपालिका सदस्य, बाल अधिकार समितिका सदस्य, बि. व्य.स., समुदाय परिवर्तन समुह , सि.भि.ए. समुहका प्रतिनीधितहरु, अपांगता ब्यक्तीका संस्थाका प्रतिनिधि लगाएत रुपान्तरण कक्षाका बालबालिकाहरुको उपस्थिति रहेको थियो ।

https://nigranitoday.com/wp-content/uploads/2024/09/WhatsApp-Image-2024-09-26-at-20.00.30-1.webp

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button