१० श्रावण २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
प्रभु साहको सरकारसंग प्रश्न, ‘सहकारी ठगलाई कारवाही हुन्छ की हुदैन ?’ – Nigrani Today
ताजा खबरसमाचार

प्रभु साहको सरकारसंग प्रश्न, ‘सहकारी ठगलाई कारवाही हुन्छ की हुदैन ?’

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सरकारसँग गरिबी निवारण गर्ने योजना नै नभएको टिप्पणी गरेका छन् । बिहिबार बसेको प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको मन्त्रालयगत छलफलमा सांसद साहले यस्तो आरोप लगाएका हुन् ।

‘गरिबी निवारण मन्त्रालय छ । गरिबी निवारण गर्ने योजना खै ? उद्योग मन्त्रालयको बजेटमा रोजगारी सिर्जना गर्ने कुरा खै ?’ उनले प्रश्न गरे । अध्यक्ष साहले सहकारी पीडितले न्याय पाउँछन कि पाउँदैनन् भनेर प्रश्न गर्दै भने, ‘सहकारी पीडितले न्याय पाउँछन् कि पाउँदैनन् ? अनि सहकारी ठगलाई कारबाही हुन्छ कि हुँदैन् ?’

सो क्रममा उनले जनतालाई सुलभ स्वास्थ्य सेवाको व्यवस्था गरिनुपर्ने कुरा उठाए । राज्यको लगानीमा चिकित्सा शिक्षा अध्ययन गरेका डाक्टरहरु विदेश पलायनमा लागेको र भएका चिकित्सिकहरुपनि ८० प्रतिशतभन्दा बढि शहरकेन्द्रित भएको उनको टिप्पणी छ । प्रत्येक गाउँपालिकामा सुविधासम्पन्न अस्पताल खोल्ने भनिएपनि अहिलेसम्म त्यो कार्यान्वयन नभएकोमा साहको गुनासो थियो ।

‘सरकारी अस्पतालमा औषधि हुँदैन । भएपनि सस्तो औषधि र कम औषधि मात्रै हुन्छन् । साहले भने, ‘नजिकै निजी संस्था हुन्छ । त्यहाँ सबै औषधि पाइन्छ । सरकारी अस्पतालमा बेड पाइँदैन । निजी अस्पतालमा मनोमानी छ ।’

स्वास्थ्य बीमाको प्रभावकारिताका विषयमा पनि उनले प्रश्न उठाए । ‘स्वास्थ्य बीमा लिन हैरानी छ । स्वास्थ्य बीमा मजाक बनेको छ’ साहले भने । नेपालका चिकित्सकहरु विदेश जाने फेसन भएको भन्दै उनले थपे, ‘नेपालको दानापानीले पढ्ने र विदेशीको सेवा गर्ने । यसलाई नियमन गर्न नसक्ने हो र ?’

भएका चिकित्सकहरु पनि शहर केन्द्रित हुँदा ग्रामीण भेगका अस्पतालमा बिरामीले उपचार पाउन नसक्ने अवस्था रहेको भन्दै उनले सरकारको ध्यानाकर्षण गरे ।

यसैबीच आजपा अध्यक्ष साहले गणतन्त्र दिवस, २०८१ का अवसरमा राष्ट्रिय समाचार समिति (रासस) द्वारा आयोजित ‘गणतन्त्रका उपलब्धि ः समृद्धिका लागि पूर्वाधार’ शीर्षकको तस्बिर प्रदर्शनीको आज अवलोकन गरेका छन् । उनले विश्वमै अभ्यास रहेका व्यवस्थामध्ये गणतन्त्र उत्कृष्ट शासन व्यवस्था भएको दाबीसमेत गरे । ‘गणतन्त्रलाई विभिन्न कोणबाट बदनाम गर्ने प्रयास भइरहेकोप्रति परिवर्तनकारी शक्तिहरू सचेत रहनुपर्दछ’ उनले भने ।

गणतन्त्रको उपलब्धिलाई संस्थागत गर्दै समृद्धिको गतिलाई तीव्रता दिनुपर्ने बताउँदै उनले मुलुकमा समृद्धिका लागि सुशासन अपरिहार्य भएको जनाउँदै केही असफल नेतृत्वका कारण गणतन्त्र कमजोर बन्न हुँदैन भने । ‘गणतन्त्र सुन्दर व्यवस्था भए पनि सञ्चालकले यसलाई ठिक मार्गबाट अघि बढाउन नसक्दा जनताले जति लाभ प्राप्त गर्नुपर्ने थियो, त्यो हुन नसकेको कारण आम जनतामा केही निराशा बढेको छ’, उनले भने ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.