सर्लाहीमा स्कुल बस दुर्घटना : ३५ मध्ये ३ विद्यार्थी घाइते
सर्लाही,७ भदौ । सर्लाहीमा स्कुल बस दुर्घटना हुदा ३ जना विद्यार्थी घाइते भएका छन ।
घाइते हुनेहरुमा पर्सा गाउँपालिका वडा नं. ३ बस्ने रुपेश साहको छोरा अन्दाजी वर्ष ९ को आदित्य कुमार साह सोही ठाउँ बस्ने दिलिप कुमार साहको छोरा अन्दाजी वर्ष ५ को दक्ष साह र तौकिर अंसारीको छोरा अन्दाजी वर्ष ६ को कौनेन अंसारी रहेको छ ।
आज साझ पर्सा गाउँपालिका वडा नं. ४ स्थित भित्री सडकखण्डमा रहेको मनकामना एकेडमी बोर्डिङ स्कूलको मधेश प्रदेश.०३–००१ क २६१९ नम्वरको बस कबिलासीबाट नारायणपुर तर्फ बिद्यार्थीहरुलाई लिई घर पुर्यागउन जाने क्रममा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
स्कुल बस दाहिने साईडमा कुलोमा चक्का भासिन जाँदा बस दाहिने साईड कोल्टे परेको, बसमा सवार ती विद्यार्थीहरुको स्थानीय मेडिकलमा उपचार भईरहेको र अवस्था समान्य रहेकको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिए ।
बसमा ३५ जना विद्यार्थी सवार भए पनि अन्य विद्यार्थीको अवस्था समान्य रहेको र बस चालक ईश्वरपुर नगरपालिका वडा नं. १४ बस्ने अन्दाजी वर्ष २१ को नवल कुमार महतो प्रहरीको नियन्त्रणमा रहेको प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी दिए ।