३ आश्विन २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
एकिकृत ग्रामिण विकास समाजको साधारण सभा सम्पन्न – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाज

एकिकृत ग्रामिण विकास समाजको साधारण सभा सम्पन्न

महोत्तरी, २९ भाद्र ÷ एकिकृत ग्रामिण विकास समाज, महोत्तरीको ३० औं वार्षिक साधारण सभा आज भाद्र २९ गते एक कार्यक्रमका बीच बर्दिबासमा सम्पन्न भएको छ ।
सो अवसरमा बोल्नु हुँदै संस्थाको उपाध्यक्ष फुलमाया घिसिङले ग्रामीण र पिछडिएका समुदायको उत्थानका लागि संस्थाले बिगतदेखि नै भूमिका खेल्दै आइरहेको र संस्थाले संचालन गरेका क्रियाकलापको राम्रो प्रभाव पारेको कुरा बताउनुभयो ।
यसैगरी संस्थाको आर्थिक वर्ष २०८०÷८१ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुहुँदै संस्थाका सचिव सरोज कुमार सिंहले जीविकोपार्जन, स्वास्थ्य सम्बन्धी परियोजना, विपन्न नागरिकका लागि सामुदायिक स्वास्थ्य सेवा आदि कार्यक्रमहरु संचालन गरिरहेको जानकारी दिनुभयो ।
संस्थाका निवर्तमान सचिव उमेश न्यौपानेले संचालन गर्नुभएको उक्त कार्यक्रममा संस्थाका कार्यक्रम ब्यवस्थापक कुमार भण्डारीले वल्र्ड भिजन इन्टरनेसनल नेपालसँगको साझेदारीमा संचालित पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजनाको क्रियाकलाप तथा उपलब्धीहरु प्रस्तुत गर्नुभएको थियो ।
संस्थाका आजिवन सदस्य, साधारण सदस्य, कर्मचारी, सहयोगी संस्था वल्र्ड भिजन इन्टरनेसनल नेपालका प्रतिनिधि, सरोकारवाला तथा शुभेच्छुक समेतको सहभागितामा सम्पन्न भएको उक्त साधारण सभाका अवसरमा यस वर्ष उत्कृष्ट कार्य गर्ने कर्मचारीहरुलाई पुरस्कृत गर्नुका साथै संस्थामा कार्यरत कर्मचारीहरुलाई प्रशंसा पत्र वितरण समेत गरिएको थियो ।
यसै बीच संस्थाद्वारा वल्र्ड भिजन इन्टरनेसनल नेपालको साझेदारीमा महोत्तरी जिल्लाको एकडारा र सम्सी गाउँपालिकामा संचालित पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजनाको वार्षिक समीक्षा भाद्र २८ र २९ गते सम्पन्न गरिएको छ ।
यस आर्थिक वर्ष सन् २०२४ मा संस्थाले संचालन गरेका मुख्य क्रियाकलापहरु, प्राप्त उपलब्धी तथा सिकाईहरुको समीक्षा गरिएको कार्यक्रम ब्यवस्थापक कुमार भण्डारीले जानकारी दिनुभयो ।
संस्थाले यस वर्ष २ सय ५० अति विपन्न घरधुरीलाई ब्यवसाय सहयोग, एकडारा गाउँपालिकाको स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना तर्जुमा सहजीकरण एवं विपद् उद्धार सामाग्री हस्तान्तरण तथा १ सय घरधुरीलाई कृषि उपकरण तथा बिउविजन सहयोग गरिएको जानकारी कार्यक्रम ब्यवस्थापक कुमार भण्डारीले जानकारी दिनुभयो ।
यसैगरी ९४ घरधुरीलाई खानेपानी चापाकल जडान, स्वास्थ्य संस्थालाई भिडियो एक्सरे मेसिन हस्तान्तरण, एकडारा र सम्सी गाउँपालिकाको पोषण पाश्र्वचित्र तर्जुमा सहजीकरण, पोषण पुनस्र्थापना केन्द्र जनकपुरको १ तल्ला ट्रस भवन निर्माण र सामाग्री सहयोग जस्ता क्रियाकलापहरु समेत संचालन गरिएको संस्थाले जानकारी दिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.