२ आश्विन २०८१, बुधबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
राष्ट्रिय बालदिवसको अवसरमा बालबालिकाले गरे बृक्षारोपन तथा ¥याली कार्यक्रम – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

राष्ट्रिय बालदिवसको अवसरमा बालबालिकाले गरे बृक्षारोपन तथा ¥याली कार्यक्रम

सर्लाही । सर्लाहीको हरिपुर्वा नगरपालिकामा राष्ट्रिय बालदिवसको अवसरमा बालबालिकाले बृक्षारोपन तथा ¥याली कार्यक्रम गरेका छन । बागमती सेवा समाज नेपाल, वल्र्ड भिजन ईन्टरनेशनल नेपाल, राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र, युएसआइडी केयर नेपालको सहयोग तथा हरिपुर्वा नगरपालिकाको आयोजनामा बाल क्लब, बाल सञ्जालको समन्वयमा विभिन्न नारा घनाकाउदै बालबालिकाले ¥याली कार्यक्रम गरी बृक्षारोपन समेत गरेका छन ।

बागमती सेवा समाज नेपालद्वारा बालबालिकाको हकअधिकारको लागि विभिन्न मागसहित नगरप्रमुखलाई ज्ञापनपत्र बुझाउनुको साथसाथै हरिपुर्वा न.पा.५ मा रहेका श्री केश्वर गरिब जनता मा.वि.मा बृक्षारोपन समेत गरिएको थियो ।

कार्यक्रमको अध्यक्षता गरिरहेका हरिपुर्वा नगरपालिकाका मेयर बिनोद साह भन्छन् “बालबालिकाको हक अधिकार सुनिस्चित गराउन लागि यस् संस्थाहरुको अहम योगदान रहेको र यस्ता कार्यक्रमहरुमा स्थानीय तहलाई आयोजकको रुपमा रख्दा खुशी लागेको छ र अगामी दिनमा पनि हाम्रो समन्वय यसरी नै रहेछन् भनि प्रतिबद्धता दिदै यस समाजमा अहम योगदान पुर्याएका ७ जना किशोराकिशोरीलाई मेयरद्वारा सम्मानपत्रद्वारा सम्मान गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.