३ आश्विन २०८१, बिहीबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
अपाङ्गता बिषयक तिन दिने अभिमुखिकरण कार्यक्रम हरिवनमा सम्पन्न – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचार

अपाङ्गता बिषयक तिन दिने अभिमुखिकरण कार्यक्रम हरिवनमा सम्पन्न

प्रेमनाथ पौडेल

सर्लाही ।सर्लाहीको हरिवनमा भएको तिन दिने अपाङ्गता बिषयक अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
सोमबार बाट हरिवन नगरपालिका को सभा हलमा फरक फरक सरोकार ब्यक्ति हरु बिच फरक फरक दिनमा अपाङ्गता भित्र बिबिधता अपाङ्गता अन्तर्गत नेपाल भकभके संघ केन्द्रिय कार्यालय टोखा काठमाडौंको आयोजना तथा अबिलिस फाउन्डेसन फिनल्यान्ड को आर्थिक सहयोग मा तिन दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको हो ।
नेपाल सरकार ले नेपाल को संबिधान २०७२ को धारा ५ धारा १७ मा अपाङ्गता भएका हरुलाई बिभिन्न बिभिन्न दश वटा बर्ग मा बिभाजित गर्दै चार प्रकार को कार्ड प्रदान गर्दै अपाङ्गता को हक अधिकार समवन्धि ब्यबस्था गरेको छ ।
राज्य ले ब्यबस्था गरेको दश वटा बर्ग का अपाङ्गता को सेवा सुबिधा भए पनि स्वर बोलाई भित्र पर्ने भकभके बोलि भएका हरुलाई पनि अपाङ्गता को सुचिमा राखिएको छ तर पनि त्यस्ता ब्यक्ति नागरिक हरुले अझै पनि राज्य बाट प्रदान गरिने सेवा सुबिधा र अपाङ्गता कार्ड बाट समेत बन्चित रहेका पाईएको छ ।
भकभके भएका नागरिकको बिषय मा राज्यले लिएको अवलम्बन र सेवा सुबिधा का बारेमा अझै पनि समन्धित ब्यक्ति सरोकार निकाय लाई थाह हुन नसक्दा त्यस सेवा सुबिधा बाट बोलि स्वर कै माध्यम बाट भएका अपाङ्ग हरुले सेवा सुबिधा बाट बन्चित भएका छन ।
नेपाल को संविधान २०७२ को धारा ४२को उपधारा ३मा सामाजिक न्याय को हक को ब्यबस्था गरेको छ ।
जस्मा अपाङ्गता भकभके बोलि भएका हरुलाई पनि समान रुपमा सेवा सुबिधा दिनु पर्ने र अपाङ्गता भएको भनेर बिभेद गर्न नपाईने ब्यबस्था गरेकोछ ,यदि कसै ले त्यस्तो बिभेद गरि सेवा सुबिधा बाट बन्चित गराएमा कार्बाही को भागेदार हुनु पर्ने छ ।यसै उदेश्य का २४ गते हरिवन नगरपालिका भित्र का जनप्रतिनिधि संग २५गते अपाङ्गता परिचय पत्र प्रदान गर्ने निकाय महिला बालबालबालिका तथा जेष्ठ नागरिक शाखा का प्रमुख कर्मचारी स्वास्थ्य चिकित्सक डाक्टर ,अपाङ्ग संग सरोकार राख्ने संघ संस्था का प्रतिनिधि तथा नागरिक लाई सुसुचित गराउने संचारकर्मि पत्रकार र आज २६गते नगरपालिका भित्र का बिधालय का प्रधानाध्यापक शिक्षक बिच भकभके भएका हरुको पहिचान कसरी गर्ने उनि हरुलाई राज्य ले प्रदान गरेको सेवा सुबिधा अपाङ्गता कार्ड को ब्यबस्था र भकभके संघ ले गर्दै आएको काम हरुको बारेमा अभिमुखिकरण कार्यक्रम मार्फत सहभागि हरुलाई जानकारी गराएको थियो
संघ का केन्द्रिय अध्यक्ष रबिन मैनाली को अध्यक्षता तथा हरिवन नगरपालिका का नगरप्रमुख रमेश बुढाथोकी( कमल)को प्रमुख आतिथ्यताभएको अभिमुखिकरण कार्यक्रम मा अपाङ्गता को प्रकार अपाङ्गता भित्र को बिभिधता र त्यस को लागि राज्य ले ब्यबस्था प्रदान गरेको सेवा सुबिधा ,भकभके ब्यक्ति को पहिचान गर्ने तरिका लगायत का बारेमा संघ का माहसचिब शंकर प्रसाद गौतम तथा अपाङ्गता माहसंघ का केन्द्रिय उपाध्यक्ष प्रसान्त डंगोल ले जानकारी गराउनु भएको थियो ।
भकभकेपन कुनै देबि देउता को भाकल वा पुर्ब जन्मको पाप तथा श्राप को कारण हो भन्नु गलत हो ,बाल्य अबस्था मा यसलाई थेरापि गरेर वा परामर्श को माध्यम बाट पुर्ण रुप मा ठिक पार्न सकिन्छ ।
यो कसै को नक्कल गर्दा बंशानुगत गुण का कारण या मनोसामाजिक का कारण न्युरोन्स मा आएको समस्या को कारण यस्तो समस्या देखा पर्न सक्छ यो कुनै रोग नभै अबस्था हो ।
यो भकभकेपन भएको मानिश हरेक एकसय मा एक ब्यक्ति मा भकभकेपन भएको हुन सक्ने र भकभकेपन केटि मा भन्दा केटा मा चार गुणा बढि हुन सक्ने बिश्व स्वास्थ्य संगठन ले जनाएको छ ।
२०६०साल मा स्थापना भएको भकभके संघको हाल देश को काठमान्डौ सर्लाही ,धादिङ्ग उदयपुर सिराह सप्तरी लगायत १७जिल्ला मा जिल्ला संगठन बिस्तार गर्दै भकभके पन अपाङ्गता भएका हरुको क्षेत्र वकालत र पैरबि को काम गर्दै आएको भकभके माहासंघ ले जनाएको छ ।
कार्यक्रम मा नगर उपप्रमुख हरिमाया घलान ,सासापुर स्वास्थ्य चौकि का डाक्टर कृष्मा प्रधानाङ्ग ,मनोबिद पदम प्रसाद घिमिरे ,नेपाल अपाङ्ग माहसंघ मधेश प्रदेशकि उपाध्यक्ष अन्जु धिताल ,महिला तथा बालबालिका शाखा प्रमुख आशा खरेल ,स्वास्थ्य शाखा संयोजक रामबानु खडका ,नर्सिङ निरीक्षक लक्ष्मी आचार्य लगायत ले आ आफ्नो धारणा राख्नु हुदै अपाङ्ग र भकभके को पहिचान सेवा सुबिधा कार्ड बितरण लगायत का काम मा कुनै कमिहुन नदिने प्रतिबद्दता ब्यक्त गर्नु भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your AdBlocker.