१२ फाल्गुन २०८१, सोमबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
अस्ताए सांस्कृतिक योद्दा – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

अस्ताए सांस्कृतिक योद्दा

भक्ती रिजाल
सर्लाही ।सर्लाहीको इश्वरपुर नगरपलिका वडा नम्बर १३ निवासी पुराना कलाकार तथा बामपंथी नेता मोति बहादुर पाख्रीनको निधन भएको छ । लामो समय देखि टिभी तथा मिर्गौला पिडित रहेका पाख्रीनको ६७ बर्षको उमेरमा निधन भएको हो ।

नेकपा माओबादी केन्द्र इश्वरपुर नगर कमिटी वडा नम्बर १३का वडा अध्यक्ष समेत रहेका पख्रीनको

आज एक कार्यक्रमका बीच पार्टीका मधेस प्रदेश इन्चार्ज लिलामणी पोख्रेलले पार्टीको झण्डा ओडाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।

कार्यक्रममा पार्टीका पुराना नेताहरु प्रल्हाद बुढाथोकी, अच्युतम प्रसाद काफ्ले, दिप बहादुर योन्जन तथा कमल बुढाथोकी लगायतले पनि श्रद्धाञ्जली अर्पण गरेका थिए ।

इन्द्रेणी साँस्कृतिक समाजका पुराना । कलाकार पाख्रीन कम्युनिस्ट आन्दोलनका एक सफल योद्दा तथा जनताका कलाकार रहेको  हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकी ( कमल) बताउछन् ।

गीत संगीतको माध्यमबाट जनता ब्युझाउदै हिड्ने पाख्रीनको निधनले पार्टीलाई अपुरणीय क्षती पुगेको पुराना कलाकार अम्मर मंगोलियनले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button