११ आश्विन २०८१, शुक्रबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
वृन्दावनको रमौलीमा नवनिर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन – Nigrani Today
ताजा खबरप्रदेशमधेश प्रदेशराजनीतिशिक्षा स्वास्थ्यसमाचारसमाजस्थानीय

वृन्दावनको रमौलीमा नवनिर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन

नवनिर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन

 

प्रदिप कुमार दास, रौतहट ।

असोज ०६ गते ,आईतवार ।

रौतहट जिल्लाको बृन्दावन नगरपालिकाको वार्ड नं. १ स्थित रमौलीमा नवनिर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन नगर प्रमुख विनोद प्रसाद कुर्मीले एक भव्य समारोहका बीच सम्पन्न गरेका छन्। स्थानीय जनताको उपस्थितिमा सम्पन्न उक्त समारोहमा नगर प्रमुख कुर्मीले जनताको स्वास्थ्य सेवामा पहुँच अभिवृद्धि गर्न स्वास्थ्य चौकी भवनको निर्माणलाई एक महत्वपूर्ण माइलस्टोनको रुपमा वर्णन गरे।

उद्घाटन समारोहमा प्रमुख कुर्मीले भने, “स्थानीय जनताको आधारभूत स्वास्थ्य सेवामा पहुँच सुधार गर्न यो भवनको निर्माण अत्यावश्यक थियो। यसले यहाँका जनताले स्वास्थ्य उपचारका लागि बाहिर जानुपर्ने झन्झटलाई अन्त्य गरेको छ। अब स्थानीय स्तरमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध हुनेछ।” उनले यो निर्माणलाई आफ्नो चुनावी वाचा पुरा गर्ने क्रमको महत्वपूर्ण उपलब्धि पनि बताए।

यस उद्घाटनसँगै नगर प्रमुख विनोद प्रसाद कुर्मीले जनताको सेवामा प्रतिबद्ध रहँदै आएको सन्देश दिएका छन्। विभिन्न प्रतिपक्षी दलहरूले सिर्जना गरेका बाधा–अवरोधको बाबजुद पनि मेयर कुर्मीले जनताको आवश्यकतालाई प्राथमिकतामा राखेर आफ्नो कार्ययोजना अगाडि बढाइरहेको उल्लेख गरेका छन्। यस कदमलाई नगरवासीहरूले खुलेर समर्थन र प्रशंसा गरेका छन्, उनीहरूले नगर प्रमुखको यो प्रयासलाई सराहनीय बताउँदै धन्यवाद ज्ञापन गरेका छन्।

उद्घाटन समारोहमा नगर उप प्रमुख संगीता राम, प्रमुख प्रशासकीय अधिकृत खिम बहादुर भुजेल, वडा नं. १ का वडा अध्यक्ष रामनाथ सहनी लगायत विभिन्न वडाका अध्यक्षहरू, सदस्यहरू, स्थानीय समाजसेवी, बुद्धिजीवी, स्वास्थ्यकर्मी, स्वयंसेवक र सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो। नगरपालिकाले स्वास्थ्य सेवामा सुधार र जनताको सेवा प्रवीर्धनका लागि निरन्तर अग्रसरता लिएको कुरामा सबैको सकारात्मक प्रतिक्रिया देखिएको छ।

स्वास्थ्य चौकी भवनको निर्माणले स्थानीय जनतालाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने अवसर दिएको छ। यसले विशेषगरी ग्रामीण क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई लाभ पुर्याउने विश्वास गरिएको छ। नगरपालिकाले यसै क्रममा आगामी दिनमा पनि यस्ता थप विकास परियोजनाहरू कार्यान्वयन गर्ने योजना बनाएको जानकारी नगर प्रमुख कुर्मीले दिए।

बृन्दावन नगरपालिकामा स्वास्थ्य सेवाको स्तरोन्नतिको लागि यस स्वास्थ्य चौकी भवनको उद्घाटन एक महत्वपूर्ण कदमको रुपमा लिइएको छ। यो परियोजनाले नगरपालिकाभित्रको स्वास्थ्य पूर्वाधारलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ। नगरवासीहरूका तर्फबाट नगर प्रमुख विनोद प्रसाद कुर्मीको यो दूरदर्शी र प्रभावकारी नेतृत्वको प्रशंसा गरिएको छ, जसले जनताको दीर्घकालीन स्वास्थ्य सुरक्षाको सुनिश्चितता गरेको छ।

 

https://nigranitoday.com/wp-content/uploads/2024/09/WhatsApp-Image-2024-09-26-at-20.00.30-1.webp

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button

Adblock Detected

Please off your AdBlocker.