१२ आश्विन २०८१, शनिबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
यो वर्ष पनि रौतहटको सिसवा धमौरामा धुमधामका साथ दुर्गा मेला लाग्ने – युवा नेता राजकुमार दास  – Nigrani Today
Musical Night Live show Enjoy!
ताजा खबरधर्म दर्शनप्रदेशमधेश प्रदेशसमाचारसमाजस्थानीय

यो वर्ष पनि रौतहटको सिसवा धमौरामा धुमधामका साथ दुर्गा मेला लाग्ने – युवा नेता राजकुमार दास 

धुमधामका साथ दुर्गा मेला लाग्ने - युवा नेता राजकुमार दास 

 

प्रदिप कुमार दास, रौतहट ।

असोज ५ गते , शनिबार ।

रौतहट जिल्लाको सिसवा धमौरामा अवस्थित ऐतिहासिक दुर्गा मन्दिरमा यस वर्ष पुनः संस्कृति जागरण र धार्मिक उत्सवलाई थप जीवन्त बनाउनका लागि पूजा समिति गठनको प्रयासले नयाँ ऊर्जा पाएको छ। वृन्दावन नगरपालिका र गरुडा नगरपालिकाको सिमानामा रहेको यस मन्दिरमा विधिवत रूपमा पूजा–पाठको प्रक्रिया र मेला आयोजनाको तयारी अघि बढिरहेको छ।

आज पूजा समितिका पदाधिकारी सदस्यहरू, छिमेकी गाउँहरूमा पुगेर स्थानीय जनप्रतिनिधि र समाजसेवीहरूसँग भेटघाट गर्दै मन्दिरको महत्त्व र यस वर्षको मेला आयोजनाका लागि सहयोगका लागि अनुरोध गरेका छन्। यस क्रममा वृन्दावन नगरपालिका वार्ड नं ५ का वडा अध्यक्ष फेकु दास, समाजसेवी रामबाबु दास, शंकर दास, मुन्ना दास, वार्ड नं ६ का सदस्य महेन्द्र दास, पनिलाल दास, संजय साह, राम बहादुर दास, गरुडा नपा-९ का वडा अध्यक्ष राजेश कुमार सहनी, समाजसेवी रामकिशोर साह (राजेन्द्र), वृन्दावन वार्ड नं ७ का पूर्व वडा अध्यक्ष जय मंगल पण्डित र पूर्व मुखिया किशोरी पाललगायतले पूजा समितिको योजनामा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

सिसवा धमौराको दुर्गा मन्दिर र पिप्रा मत्सरीको मन्दिर पहिलेदेखि नै धार्मिक र सांस्कृतिक दृष्टिकोणले महत्त्वपूर्ण थिए। तर, समयसँगै व्यवस्थापनमा आएको चुनौतीले गर्दा पछिल्लो समय यी मन्दिरहरू अलिक पछि परेका थिए। यद्यपि, यस वर्ष मन्दिर व्यवस्थापन र पूजा–पाठलाई नयाँ उत्साहका साथ अघि बढाउने निर्णय भएको छ। स्थानीय गाउँहरूले एकताबद्ध भएर मन्दिरको पुनरुत्थान र मेलाको भव्यतामा ध्यान दिँदै यस वर्षको उत्सवलाई ऐतिहासिक बनाउन प्रयास गर्ने संकल्प लिएका छन्।

यसै सन्दर्भमा भोलि बिहान ७ बजे रामजानकी मठको प्रांगणमा वृन्दावन र गरुडा नगरपालिकाका प्रतिनिधिहरूको उपस्थितिमा एक बृहत बैठक आयोजना हुने भएको छ। बैठकमा पूजा समितिको विस्तार, विभिन्न कार्यक्रमहरूको रूपरेखा तयार पारिनेछ। जसपाका युवा नेता राजकुमार दासका अनुसार बैठकबाट विस्तार हुने पूजा समितिको कार्यकाल ३ वर्षको हुनेछ, जसले मन्दिर र मेलाको समग्र व्यवस्थापनमा नेतृत्व प्रदान गर्नेछ।

https://nigranitoday.com/wp-content/uploads/2024/09/WhatsApp-Image-2024-09-26-at-20.00.30-1.webp

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button