११ आश्विन २०८१, शुक्रबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
मा.बि धरहरीका प्रअ संजय प्रसादलाई सरुवा नगर्न बुभाइयो ज्ञापन पत्र – Nigrani Today
Musical Night Live show Enjoy!
ताजा खबरप्रदेशमधेश प्रदेशशिक्षा स्वास्थ्यसमाचारसमाजस्थानीय

मा.बि धरहरीका प्रअ संजय प्रसादलाई सरुवा नगर्न बुभाइयो ज्ञापन पत्र

प्रअ संजय प्रसादलाई सरुवा नगर्न बुभाइयो ज्ञापन पत्र

 

सागर संगम ठाकुर,

रौतहट असोज ६ गते ।

रौतहटको देवाही गोनाही नगरपालिकामा प्रधानाध्यापक सरुवाको बिषयलाई लियर प्रमुख प्रशासकिय अधिकृत मार्फत जिल्ला शिक्षा समन्वय ईकाई रौतहटलाई ज्ञापन पत्र बुझाईएको छ ।

देवाही गोनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल साहले श्री जय किसान माध्यमिक बिद्यालय धरहरीका प्रधानाध्यापक संजय प्रसाद गुप्तालाई जबरजस्ती सरुवा गर्न खोज्दा सो ज्ञापनपत्र पत्र बुझाईएको हो ।

मेयर साहल बलज्फती सरुवा गर्न मनसाय बनाउदा बिभिन्न वडाका वडा अध्यक्षहरु,अभिभावकहरु,शिक्षाप्रेमीहरु,वडा अध्यक्ष वीर बहादुर साह र बिधालय ब्यवस्थापन समितीका अध्यक्ष श्यामनन्दन साहले शिक्षा विकास तथा समन्वय इकाई रौतहट तथा स्थानीय तहमा आईतबार ज्ञापनपत्र बुझाईएको छ ।

बिधालयका प्रअ गुप्ताले धरहरी स्थित श्री जय किसान नमुना माध्यमिक बिद्यालयमा राम्रो संग पठन पाठन संचालन गरिरहदा आफनो ब्यक्तीगत फाईदाको लागि मेयर साहले सरुवा गर्न खोज्दा त्यसलाई रोकनको लागि प्रमुख प्रशासकिय अधिकृत मार्फत जिल्ला शिक्षा समन्वय ईकाई रौतहटलाइ राजनितिकदलहरुले ज्ञापन पत्र बुझाएको वडा अध्यक्ष वीर बहादुर साहले जानकारी दिनु भयो ।

ज्ञापन पत्र बुझाउने क्रममा वडा अध्यक्ष साहले हालसालै देवाही गोनाहीका बिधालयमा प्रअ र सम्बन्धित विद्यालयहरुको बि. ब्या. स. को सहमती वेगर प्रअलाई सरुवा गर्ने जाल बुनिरहदा शिक्षाको क्षेत्रमा आतङ्कित बनाएको बिज्ञप्तीमा जनाईएको छ ।

बिधार्थीको भब्स्यि प्रति खेल्वाड गर्ने मेयर साहको गतिबिधीलाई तत्काल रोकनको लागि धरहरीका सम्पुर्ण शिक्षा प्रेमी,अभिभावक र बुद्धिजिवीहरुले यो गम्भिर ध्यानाकर्षण भएको ज्ञापनपत्रमा जनाईएको छ ।

गएको भदौ ३१ गते छुटाछुटै बसेको बैठकको निर्णय अनुसार यस बिद्यालयको प्रअ गुप्तालाई सरुवाको कुरा बिभन्न माध्यबाट आएकोमा निजको प्रअ संजय प्रसादले शिक्षा एन २०२८ शिक्षक नमावली २०४९ शंसोधन सहित तथा नमुना बिद्यालय बिद्यालय ब्यवस्थापन २०७४ बमोजिम प्रअको पदमा नियुक्त भई निज प्रधानाध्यापकको जिम्मेवारी पाएका यस बिद्यालयका प्रशासनिक, आर्थिक,भौतिक ब्यवस्थापन पठन पाठन जस्तो पक्षहरु अत्यन्तै राम्रो संग संचालन भई शैक्षिक गुणस्तमा समेत सकारात्कमक संकेत देखा पर्दै गईरहेकाले हामी सम्पुर्ण बिद्यालय ब्यवस्थापन समितीका पदाधिकारीहरु शिक्षक कर्मचारी लगाएत सम्पुर्ण जनप्रतिनिधीहरुले महसुस गर्दै आईरहेकाले निज प्रअ संजय प्रसादको सरुवा नगर्ने नगराउन हुन सबै सर्वसहमतिबाट अनुरोध गर्दछु । साथै निजको सरुवा भई बिद्यालयको बिभिन्न पक्ष सहित पठन पाठन कार्यालयमा नकरात्मक असर पर्न गएमा त्यसको सम्पुर्ण जिम्मेबारी नगरपालिकाले लिनु पर्ने कार्य प्रति हामी सम्पुर्ण निर्णयका प्रतिलिपीहरु यसै पत्रका साथ संलगन गरि सचेत गराउन चाहन्छुौ ।

मेयर साहले प्रअ गुप्तालाई जवर्जस्ती सरुवा गरेर शैक्षिक संस्थालाई कमजोर बनाउन खोजिरहदा पालिकामा मुडभेड हुने अवस्था आएकाले त्यसलाई रोकन यो कदम चालिएको बिधालय ब्यवस्थापन समितीका अध्यक्ष श्यामनन्दन साहले भन्नु भयो ।

बि. ब्या. स. का अध्यक्ष साहले जवर्जस्ती प्रअलाई सरुवा गर्ने प्रयतन गरिरहदा त्यस प्रति हामी घोर भत्र्सना गर्दछौ र सम्बन्धित ब्यक्तीले यो कदम अबिलम्ब नगरे सो बिद्यालयका बिधार्थीहरु पठनपाठन बन्द गरेर सडकमा आउन बाध्य हुने कुरा जानकारी गराउदै अन्यायपूर्ण रूपमा सरुवा गर्न खोजिएकाले सम्बन्धित सबै पक्षहरुलाई अनुरोध गरिएको ज्ञापनपत्रमा जनाईएको छ । ज्ञापन पत्र बुझाउने क्रममा समाजसेवी गोखुल साह,युवा नेता बिवेक यादव,राजेश साह,रंजन साह,नागेन्द्र यादव, सुमित गुप्ता लगाएतका नेताहरुको उपस्थिती रहेको थियो ।

https://nigranitoday.com/wp-content/uploads/2024/09/WhatsApp-Image-2024-09-26-at-20.00.30-1.webp

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button