२० आश्विन २०८१, आईतवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
विपदमा परेकाहरुको उद्धारमा युद्धस्तरमा लाग्न जनमत पार्टीको माग – Nigrani Today
Musical Night Live show Enjoy!
अर्थ वाणिज्यताजा खबरप्रदेशराजनीतिविचित्रसमाचारस्थानीय

विपदमा परेकाहरुको उद्धारमा युद्धस्तरमा लाग्न जनमत पार्टीको माग

बाढी, पहिरो र डुवानमा परेर हालसम्म देशभर ११२ जनाको मृत्यु भएको छ भने एक सय भन्दा बढी घाईते भएका छन् ।

निगरानी टुडे, मलंगवा
१३, असोज । बाढी, पहिरो र डुवानमा परेकाहरुको उद्धारमा युद्धस्तरमा जुट्न जनमत पार्टी सर्लाहीले जोडजार माग गरेको छ ।
सो पार्टीका केन्द्रीय सदस्य एवम् सर्लाही ईन्चार्ज श्रीचन यादव(सुजन)ले विपदमा परेकाहरुको उद्धार कार्य गर्न, नागरीकलाई सुरक्षित स्थानमा व्यवस्थापन गर्न तथा राहत वितरण गर्न युद्धस्तरमा लाग्न सरकारसँग जोडदार माग गरेका हुन् ।
‘विपदको बेला सरकार कानमा तेल हालेर बसेको छ’, नेता यादवले भने,‘विपद व्यवस्थापनको तयारीमा सरकार कमजोर देखिएकै कारण देशभर बाढी, पहिरो र डुबानबाट ठुलो धनजनको क्षति भयो । ’
बाढी, पहिरो र डुबानबाट भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै नेता यादवले जनमत पार्टीको तर्फबाट मृतक तथा बेपताभएकाहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन् ।
उनले घाईतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै विपदमा परेकाहरु उद्धार तथा राहत वितरण कार्यमा लाग्न जनमत पार्टीका नेता कार्यकर्तालाई समेत अपिल गरेका छन् ।
गत विहिबारदेखि निरन्तर परेको पानीका कारण बाढी, पहिरो र डुवानमा परेर हालसम्म देशभर ११२ जनाको मृत्यु भएको छ भने एकसय भन्दाबढी घाईते भएका छन् ।

https://nigranitoday.com/wp-content/uploads/2024/09/WhatsApp-Image-2024-09-26-at-20.00.30-1.webp

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button