१९ आश्विन २०८१, शनिबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
रौतहट क्षेत्र नम्बर २ का सांसद प्रत्यासी आलम पुगे आफ्नो टोली सहित प्रभावित क्षेत्रको निरिक्षणमा  – Nigrani Today
Musical Night Live show Enjoy!
ताजा खबरप्रदेशबाढी/पहिरोमधेश प्रदेशराजनीतिसमाचारसमाजस्थानीय

रौतहट क्षेत्र नम्बर २ का सांसद प्रत्यासी आलम पुगे आफ्नो टोली सहित प्रभावित क्षेत्रको निरिक्षणमा 

सांसद प्रत्यासी आलम पुगे आफ्नो टोली सहित प्रभावित क्षेत्रको निरिक्षणमा 

 

मो.मोजिबुल्लाह , रौतहट ।

असोज १५ गते, मङ्गलबार ।

पछिल्ला केही दिनदेखि भारी वर्षाका कारण उत्पन्न बाढीले रौतहटको विभिन्न क्षेत्रमा ठूलो क्षति पु¥याएको छ। यस्तै विपद्को अवलोकन गर्न रौतहट क्षेत्र नम्बर २ का सांसद प्रत्यासी मो. फिरदोस आलम आफ्नो टोली सहित प्रभावित क्षेत्रको निरिक्षणमा जुटेका छन्। मंगलबार सांसद प्रत्यासी आलमले बनजहरा , बैरिया , राजपुर डमार , जिङडवा , लक्ष्मिनिया लगायतका स्थानमा पुगेर बाढीबाट प्रभावित जनजीवनको अवलोकन गरेका छन्।

सांसद प्रत्यासी आलमले बाढीले कटान गरेको हरेक ठाउँमा आफैँ पुगी स्थानीयको अवस्था बुझ्ने र राहतका कामको निरीक्षण गर्ने काम गरिरहेका छन्। उनले निरिक्षणको क्रममा क्षेत्रको क्षतिको विवरण संकलन गर्दै आगामी समयमा त्यहाँ हुने संभावित सुधारको लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन्। यस क्रममा आलमले नदि नियन्त्रणका हाकिम मो. एखलाखलाई साथमा लिई क्षतिग्रस्त स्थानहरूको अवलोकन गरेका हुन्। उनले बाढीले पु¥याएको क्षतिबारे थप जानकारी लिने क्रममा स्थानीयले भोगिरहेको समस्याको समाधानका लागि सरकारले तत्काल कदम चाल्नुपर्ने बताए।

अवलोकन टोलीमा राजपुर नगरपालिकाका मेयर मो. राजिक आलम, तरूण दलका केन्द्रीय सदस्य मो. नौसाद आलम, नेपाली कांग्रेसका क्षेत्रीय सचिव लाल बिहारी साह र अन्य स्थानीय नेताहरू पनि सामेल थिए। सांसद प्रत्यासी आलमले राहत तथा उद्धार कार्यलाई तीव्र बनाउन र प्रभावकारी बनाउनको लागि सबै सरकारी संयन्त्रहरूलाई परिचालन गर्नुपर्नेमा जोड दिएका छन्।

सांसद प्रत्यासी आलमले बाढी पहिरो प्रभावित क्षेत्रमा तत्काल राहत वितरणको कार्यलाई प्राथमिकता दिँदै प्रभावकारी ढंगले चलाइने योजनाबारे जानकारी लिएका छन्। त्यस्तै, उनले सम्बन्धित निकायहरूलाई तत्काल उद्धार र राहत सामग्री वितरण गर्न निर्देशन दिएका छन्। स्थानीयवासीले बाढीका कारण खोसिएका सम्पत्तिको पुनः निर्माण र कृषि उत्पादनलाई पुनर्स्थापना गर्न विशेष सहयोगको आवश्यकता रहेको बताएपछि आलमले कृषि क्षतिलाई सम्बोधन गर्ने योजनामा पनि सरकारलाई सहजीकरण गराउने प्रतिवद्धता जनाए।

बाढीका कारण पुल भत्किएकाले यातायात पूर्णरूपमा अवरुद्ध भएको स्थानमा अस्थायी पुल निर्माण गराउने पहल गर्ने समेत उनले बताएका छन्। उनले पुल निर्माणको प्रक्रिया यथाशीघ्र अघि बढाउनका लागि स्थानीय ठेकेदार र सरकारी निकायहरूसँग समन्वय गर्ने वाचा गरेका छन्। यसबाट स्थानीय जनतालाई आवतजावतमा सहजता मिल्ने र उनीहरूको दैनिकी पुनः सामान्य अवस्थामा फर्कन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

सांसद प्रत्यासी मो. फिरदोस आलमले विपद्बाट प्रभावित जनताको समस्या नजिकबाट बुझेर तत्काल समाधानका लागि कदम चाल्न आवश्यक रहेको भन्दै आगामी दिनहरूमा आफूले यो क्षेत्रको विकासका लागि काम गरिरहने पनि प्रतिबद्धता जनाएका छन्।

 

https://nigranitoday.com/wp-content/uploads/2024/09/WhatsApp-Image-2024-09-26-at-20.00.30-1.webp

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button