१९ आश्विन २०८१, शनिबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
जनताको हरेक समस्यामा चनाखो रहनुपर्ने नगर प्रमुख साह बैठकमा सुतेर थकान मार्दै – Nigrani Today
Musical Night Live show Enjoy!
ताजा खबरप्रदेशबाढी/पहिरोमधेश प्रदेशराजनीतिविचारसमाचारसमाजस्थानीय

जनताको हरेक समस्यामा चनाखो रहनुपर्ने नगर प्रमुख साह बैठकमा सुतेर थकान मार्दै

नगर प्रमुख साह बैठकमा सुतेर थकान मार्दै

 

 

प्रदिप कुमार दास, रौतहट ।

असोज १६ गते,बुधवार ।

रौतहटको देवाहीगोनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल साह फेरि एकपटक विवादमा तानिएका छन्। यसअघि एसईई परीक्षाको काण्ड र केही समयअघि प्रधानाध्यापक सरूवा काण्डले उनी चर्चामा आएका थिए। यी दुई घटनाका कारण स्थानीयस्तरमा व्यापक चर्चा बटुलेका साह अहिले “मस्त निद्रा” प्रकरणले फेरि सामाजिक सञ्जालमा भाइरल भएका छन्।

अविरल वर्षा र बाढीको कारण देशभरि ठूलो जनधनको क्षति भएको छ, जसमा रौतहट पनि अछुतो रहेन। जिल्लामा व्यापक क्षति भएपछि जिल्ला विपद् व्यवस्थापन कार्यालय रौतहटले बाढीप्रभावित क्षेत्रका स्थानीय तहका प्रमुखहरूसँग राहत तथा पुनर्स्थापनाका लागि छलफल गर्न बैठक आयोजना गरेको थियो। उक्त बैठकमा देवाहीगोनाही नगरपालिकाका मेयर प्रेमलाल साह भने मस्त निद्रामा सुतेको तस्बिर भाइरल बनेको छ।

बैठक अत्यन्तै संवेदनशील अवस्थामा भइरहेको थियो, जहाँ अन्य स्थानीय तहका प्रमुखहरू राहत योजनामा ध्यान केन्द्रित गरिरहेका थिए। तर, मेयर साहको सार्वजनिक तस्बिरले स्थानीयवासीहरूलाई आक्रोशित बनाएको छ। सामाजिक सञ्जालमा तस्बिर देखेर धेरैले नगर प्रमुखको लापरवाहीप्रति आलोचना गरेका छन्।

स्थानीयहरूका अनुसार, जनताको समस्या र नगरपालिका सञ्चालनका विषयमा चनाखो रहनुपर्ने नगर प्रमुख साह बैठकमा सुतेर थकान मार्दै गरेको देखिनु आपत्तिजनक हो। दिनरात जनतालाई जुधाउन र कर्मचारीलाई धम्क्याउन ब्यस्त रहने साह बैठकमा भने पूर्ण आराम गरिरहेको देखिनु विरोधको कारण बनेको छ।

यस विषयमा मेयर साहसँग सम्पर्क गर्न खोज्दा उनीसँग कुनै प्रतिक्रिया उपलब्ध हुन सकेन। प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई स्थानीयहरूले ध्यानाकर्षण गराउँदै नगर प्रमुख साहमाथि आवश्यक कार्यवाही गर्न माग गरेका छन्।

 

https://nigranitoday.com/wp-content/uploads/2024/09/WhatsApp-Image-2024-09-26-at-20.00.30-1.webp

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button