३० आश्विन २०८१, बुधबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
दुर्गा भगवती गाउँपालिकामा सडक विस्तार र सरसफाई कार्य तीव्र गतिमा हुँदै । – Nigrani Today
ताजा खबरधर्म दर्शनप्रदेशमधेश प्रदेशराजनीतिसमाचारसमाजस्थानीय

दुर्गा भगवती गाउँपालिकामा सडक विस्तार र सरसफाई कार्य तीव्र गतिमा हुँदै ।

सडक विस्तार र सरसफाई कार्य तीव्र गतिमा हुँदै ।

 

प्रदिप कुमार दास, रौतहट ।

असोज २२ गते , मंगलबार ।

रौतहट जिल्लाको दक्षिणी भेगमा अवस्थित दुर्गा भगवती गाउँपालिकामा सडक विस्तार र सरसफाई कार्य तीव्र गतिमा अघि बढिरहेको छ। दुर्गा भगवती गाउँपालिका कार्यपालिकाको निर्णय तथा अध्यक्ष शम्भु सिंहको विशेष सक्रियतामा यो अभियान सुरु भएको हो। मुल सडकको स्तरोन्नति र सरसफाइको लागि अध्यक्ष सिंहले विशेष प्राथमिकता दिएका छन्, जसले गर्दा स्थानीय जनताले उत्साह र समर्थन जनाएका छन्।

दुर्गा भगवती गाउँपालिकाका वडा नम्बर २ भलोहिया कर्बोलदेखि वडा नम्बर ४ पचरुखी चौकसम्मको सडक विस्तार कार्यले स्थानीय जनतालाई मात्रै होइन, बाहिरबाट आउने आगन्तुकलाई समेत सहज बनाएको छ। यस सडक विस्तारसँगै नेपालकै प्रसिद्ध दुर्गा मन्दिर, मत्सरिमा दर्शनका लागि आउने भक्तजनहरूलाई ठूला मेला र पर्वहरूमा यात्रा गर्न थप सहज हुनेछ। वडा नम्बर ३ का अध्यक्ष डिके झाले दशैँ मेला जस्ता प्रमुख अवसरहरूमा यो सडक सुधारले दर्शनार्थीहरूको यात्रा झन् सुरक्षित र सुविधा सम्पन्न हुने बताए।

सडक बिस्तार अघि, सडक पेटीमा नादि राख्ने, गोबर थुपार्ने, टहरा बनाउने जस्ता अवैध संरचनाहरूले दुर्घटनाको जोखिम बढेको थियो। त्यसैले यो विस्तारले न केवल यातायातलाई सुगम बनाएको छ, तर अवैध संरचनाहरू हटाउन पनि सफल भएको छ।

दशैँ मेला नजिकिँदै गर्दा दुर्गा भगवती गाउँपालिकाले सुरक्षालाई प्राथमिकता दिँदै सडकमा सिसिटिभी क्यामेरा पनि जडान गरेको छ। यो सिसिटिभी जडानले गाउँपालिकामा हुने हरेक गतिविधिको निगरानीमा सजिलो बनाएको छ, जसले गर्दा सुरक्षा स्थिति अझ बलियो हुने अध्यक्ष शम्भु सिंहले जानकारी दिएका छन्।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button