१५ माघ २०८१, मंगलवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
जसपा नेपालद्वारा रौतहटको चन्द्रपुर नगरमा पार्टी प्रवेश तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न – Nigrani Today
ताजा खबरप्रदेशमधेश प्रदेशराजनीतिसमाचारसमाजस्थानीय

जसपा नेपालद्वारा रौतहटको चन्द्रपुर नगरमा पार्टी प्रवेश तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

चन्द्रपुर नगरमा पार्टी प्रवेश तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

जसपा नेपालद्वारा रौतहटको चन्द्रपुर नगरमा पार्टी प्रवेश तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्

 

प्रदिप कुमार दास, रौतहट ।

कार्तिक ०३ गते, शनिबार ।

जनता समाजवादी पार्टी, नेपाल (जसपा, नेपाल) को चन्द्रपुर नगर कमिटीद्वारा आयोजित “आधारभूत संगठन निर्माण कार्यक्रम” अन्तर्गत आज एक विशेष शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रममा सयौंको संख्यामा विभिन्न पार्टीहरू परित्याग गरी जसपा नेपालमा प्रवेश गरेका छन् ।

नवप्रवेशी नेता तथा कार्यकर्ताहरुलाई जसपा नेपालका केन्द्रीय उपाध्यक्ष गोविन्द चौधरी, पूर्व राज्यमन्त्री एवं केन्द्रिय सदस्य शेख फुलबाबु, राष्ट्रिय सभा सदस्य माननीय पूजा चौधरी, केन्द्रीय सदस्य सन्तलाल चौधरी, राम अशरे चौधरी, रौतहट जिल्ला अध्यक्ष श्याम बिहारी यादव, प्रदेश कमिटी सदस्य बिजय चौधरी र राम पुनित रामले माला र अविर लगाई भव्य स्वागत गरेका थिए।

कार्यक्रममा नेता गोविन्द चौधरीले जसपा नेपालको सिद्धान्त र पार्टीको भावी योजनाबारे जानकारी गराउँदै नवप्रवेशीहरुलाई जसपा नेपालप्रति इमानदारीपूर्वक समर्पण गर्न आग्रह गरे। साथै, उनले राष्ट्रिय राजनीति र पार्टी संगठनको सुदृढिकरणका लागि निरन्तर काम गर्ने प्रतिबद्धता जनाए। कार्यक्रममा बोल्दै शेख फुलबाबुले पार्टीलाई अझै सशक्त बनाउँदै देश र जनताको सेवा गर्ने लक्ष्यप्रति आफ्नो प्रतिबद्धता व्यक्त गरे।

राष्ट्रिय सभा सदस्य पूजा चौधरीले कार्यक्रममा उपस्थित कार्यकर्ताहरुलाई पार्टीमा स्वागत गर्दै सामाजिक न्याय, समावेशीता र विकासको लागि पार्टीले लिएको मार्गचित्रबारे जानकारी दिइन्। उनले जसपा नेपालले विशेषगरी स्थानीय स्तरदेखि नै जनताको आवाजलाई उच्च प्राथमिकता दिँदै राज्यका हरेक तहमा समानताको सिद्धान्तलाई अगाडि बढाउने बताइन्।

अन्य वक्ताहरुले पनि नवप्रवेशीहरुलाई जसपाको राजनैतिक दिशा र संगठनात्मक भूमिकाबारे जानकारी गराए। नवप्रवेशीहरुले आफ्नो सम्बोधनमा जसपा नेपालप्रति बिश्वास व्यक्त गर्दै पार्टीलाई स्थानीय स्तरमा अझ सशक्त बनाउन सक्रिय रहने बताए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button