६ कार्तिक २०८१, मंगलवार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
रौतहटमा दलित युवाहरूको जिल्ला भेला सम्पन्न – Nigrani Today
ताजा खबरप्रदेशमधेश प्रदेशसमाचारसमाजस्थानीय

रौतहटमा दलित युवाहरूको जिल्ला भेला सम्पन्न

आगामी कार्ययोजनामा थप छलफल

 

प्रदिप कुमार दास, रौतहट ।
कार्तिक ०४ गते, आईतवार ।

रौतहटमा दलित युवाहरूको नेतृत्वमा “दलितलाई खै?” अभियानको तर्जुमा गरी एक महत्वपूर्ण जिल्ला भेला सम्पन्न भएको छ। यो भेला दलित समुदायलाई सशक्त बनाउन र उनीहरूको अधिकारको लागि संस्थागत दबाब सिर्जना गर्न गरिएको थियो। खगेन्द्र सुनारको नेतृत्वमा सञ्चालन भइरहेको उक्त अभियानको समर्थन गर्दै, जिल्लाका दलित युवाहरू र नेताहरू एकजुट भएका छन्।

भेलाको अध्यक्षता दलित समुदायका सक्रिय युवा नेता विवेक पासवानले गरेका थिए भने प्रमुख अतिथिका रूपमा मटुक पासवानको उपस्थिति रहेको थियो। रौतहटको सदरमुकाम गौरस्थित कर्मचारी मिलन केन्द्रको सभाहलमा भेला आयोजना गरिएको थियो, जहाँ जिल्लाभरिका दलित युवाहरूले आफ्नो तर्क र विचारहरू राखेका थिए।

भेलामा सहभागीहरुले विभिन्न कालखण्डमा दलित समुदायले भोग्दै आएको उत्पीडन र विभेदको विषयमा गम्भीर छलफल गरेका थिए। उनीहरूले संविधानमा दलित समुदायको अधिकार सुनिश्चित भए पनि ती अधिकारहरूको प्रभावकारी कार्यान्वयन हुन नसकेकोमा चिन्ता व्यक्त गरे। सो भेलाको प्रमुख उद्देश्य भनेकै दलित समुदायलाई एकत्रित गर्दै सामाजिक न्यायको पक्षमा सशक्त वकालत गर्नु र उनीहरूको हकहितको लागि आवाज बुलन्द गर्नु रहेको थियो।

भेलाले जिल्ला समन्वय समिति गठन गर्ने निर्णय गरेको छ, जसले जिल्लामा दलित युवाहरूको समस्यालाई सम्बोधन गर्न विभिन्न कार्यक्रमहरू अघि बढाउने छ। यसका साथै, आगामी कार्तिक १७ गते शनिबारका दिन शिवनगरस्थित कृषि ज्ञान केन्द्रको प्राङ्गणमा पुन: भेला बोलाउने निर्णय पनि गरिएको छ। सो दिन रौतहट जिल्लाका सम्पूर्ण दलित युवा र नेताहरूको व्यापक सहभागिता रहने अनुमान गरिएको छ।

भेलामा सहभागी युवा नेताहरूले दलित समुदायलाई एकजुट बनाउन र सामुदायिक एकताको भावनालाई सुदृढ गर्न आवश्यकतामा जोड दिएका छन्। यस क्रममा दलित समुदायसँग सरोकार राख्ने सबैलाई कार्तिक १७ गते हुने भेलामा सहभागी हुन आग्रह पनि गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button