८ मंसिर २०८१, शनिबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
ईश्वरपुरमा १ हजार १ सय ६४ जनाले गराए आँखा जाँच, २ सय ६९ विरामीको सफलता पुर्वक शल्यक्रिया गरियो – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

ईश्वरपुरमा १ हजार १ सय ६४ जनाले गराए आँखा जाँच, २ सय ६९ विरामीको सफलता पुर्वक शल्यक्रिया गरियो

सर्लाही,१ मंसिर । सर्लाहीको ईश्वरपुरमा आज पाँचौ दिन पनि निःशुल्क आँखा शिविर चलेको छ । शिविरमा आज मात्र १ सय ८७ जनाले आँखाको परिक्षण गराएका छन भने ६६ जनाको शल्यक्रिया गरिएको छ । यो सँगै पाचौँ दिनमा जम्मा १ हजार १ सय ७४ जनाले निःशुल्क आँखाको जाँच गराएका छन ।

शल्यक्रिया भरतपुर आखा अस्पतालका चिफ मेडिकल डाइरेक्टर डा. पुष्प गिरी श्रेष्ठ र व्रिष्ठ नेत्र विशेषज्ञ डा. राजा हुसैन मंसुरीले गरेका छन । यो शिविर ईश्वरपुर नगरपालिका, भरतपुर आँखा अस्पताल, नेपाल रेडक्रस सोसाइटी उपशाखा ईश्वरपुर, आरोग्य संगठन सर्लाही र नेपाल स्काउट ईश्वरपुर नगरसँगको समन्वयमा सञ्चालन गरिएको हो।

मंगलवारदेखि सुरु भएको निःशुल्क आँखा शिविरमा आज सम्मको गरी १ हजार १ सय ६४ बिरामीको आँखा जाँच गरिएको भरतपुर आँखा अस्पतालका बाहय कार्यक्रम संयोजक रमेश घिमिरेले जानकारी दिए ।

अब भोली सम्म आँखाको परिक्षण तथा मोतियाबिन्दु र मासुपलायको बिरामीको अपरेसन गरिनेछ । अपरेशन ईश्वरपुर–९, गैचरण स्थित आँखा उपचार केन्द्रमा भोली आइतवार सम्म हुने छ । शिविर बिहान ८ बजे देखि हुने आयोजकले जनाएको छ ।

शिविरमा निःशुल्क चश्मा तथा आवश्यक औषधि पनि वितरण भइरहेकोे ईश्वरपुरका शिक्षक तथा समाजसेवी युवा नाथुराम चौधरीले जानकारी दिए । यसैगरी तिन नि देखि चलिरहेको शिविरमा नगर प्रमुख मनोज कुमार आचार्यले अनुगमण समेत गरिरहेको समाजसेवी युवा चौधरीले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button