खैरामा भएको फुटवल प्रतियोगिताको जन जागृति युवा क्लव रामपुरले उचाल्यो उपाधी
सर्लाही,१ मंसिर । सर्लाहीको ईश्वरपुर १० खैरामा सम्पन्न अर्धवार्नी गंगास्नान गोल्डकप अन्तरगत आज भएको फाइनल खेलमा नव जन जागृति युवा क्लव रामपुर ले उपाधी हात पारेको छ ।
जन जागृति युवा क्लव रामपुर र नव संघर्षशील युवा क्लव सानो जगतपुरको वीच भएको प्रतिस्पर्धामा निर्धारित समयमा २ २ गोलको बराबरीपछी पेनाल्टी सुट आउटमा ४ का विरुद्ध ५ गोलले रामपुर बिजय भएको खेलप्रेमी श्रवण जनता पछगछिया हरिपुरका शिक्षक रामप्रकाश चौधरीले जानकारी दिए ।
अर्धवार्नी गंगास्नान गोल्डकप खेलका पहिलो पुरुष्कार नगद ५१ ह्जार ५ रुपैया सहित शिल्ड, मेडल र प्रमाण पत्र तथा दोश्रो पुरुष्कार नगद रु ३१ हजार ५ रुपैयासहित शिल्ड, मेडल र प्रमाण पत्र प्रमुख अतिथि भक्तिपुर निवासी सुनिल बस्नेतले वितरण गरेका थिए ।
सर्लाहीसहित विभिन्न जिल्लाका गरी २२ ओटा क्लवको सहभागिता रहेको थियो । समापन कार्यक्रममा प्रदेश सभा सदस्य बेची लुंगेली, नेता जोगनारायण चौधरी लगायतका व्यक्तिहरुको उपस्थिति रहेको आयोजक सूर्यदिप युवा क्लवका अध्यक्ष आनन्दविहारी चौधरी थारुले जानकारी दिएका छन् ।