डा.महावीर पुन पाँच दिन देखि सर्लाहीमा, बलरा नगर प्रमुखले पनि किने पुस्तक
सर्लाही,१५ मंसिर । वीरगन्ज कृषि औजार कारखाना सञ्चालन गर्न डा.महावीर पुन पाँच दिन देखि सर्लाहीमा पुस्तक बिक्री गरिरहनु भएको छ ।बागमती नगरपालिका हुदैँ डा. पुन आज मलंगवा नगरपालिका र हरिपुर नगरपालिकामा पुस्तक बिक्री गर्नुभएको छ ।
आज मलंगवा नगरपालिकामा बलरा नगरपालिका नगर प्रमुख रामाशंकर कुशवाहा, शिक्षा विकास तथा समन्वय ईकाई सर्लाहीका प्रतिनिधि सुनिल कुशवाहा,पवन कुशवाहा पत्रकार राधेश्याम कुशवाहा लगायतका व्यक्तिहरुले डा.महावीर पुनको जीवन गाथा समेटिएको पुस्तक किन्नुभएको छ ।
कृषि औजार कारखाना सञ्चालन गर्न तीन लाख पुस्तक बिक्री गर्ने लक्ष राखेर मेची महाकाली महाअभियान सञ्चालनका क्रममा हाल सम्ममा १ लाख ४० हजार बढी पुस्तक बिक्री भइसकेको उहाँले जानकारी दिनुभयो । सर्लाहीमा करिब ३ हजार बढी पुस्तक विक्री भएको र १० दिन सम्म सर्लाही बसिने डा. पुनले बताउनुभयो । सर्लाहीको लालबन्दी, हरिवन, बागमती, बरहथवा, हरिपुर र मलंगवामा किताव बिक्री भएको छ अब बाँकी पालिकाहरुमा निम्तो अनुसार पुस्तक बिक्री हुने उहाले बताउनुभयो ।
कृषि औजार कारखाना तुरुन्तै सञ्चालनका लागि मलाई अहिले नै पैसा आवश्यक परेकाले हतोहात किताब बिक्री गर्दै हिँडिरहेको छु ।”
कृषि औजार कारखाना सञ्चालनमा ल्याएर नेपालका ग्रामीण क्षेत्रका किसानको हातमा कृषि औजार पठाउने लक्ष राखिएको उहाँले जानकारी दिनुभयो । चीन र भारतबाट जे जति मात्रामा अहिले कृषि औजार आयात भइरहेको छ, त्यसको १० प्रतिशत औजार स्वदेशमै उत्पादन गर्न सके पनि ठुलो पुँजी स्वदेशमै रोक्न सकिने उहाँले बताउनुभयो ।