ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय
आगलागी बाट चक्रघटामा ७ लाख बराबरको क्षति

चक्रघटा । सर्लाहीको चक्रघटा गाउँपालिकामा आगलागी बाट ७ लाख बराबरको क्षति भएको छ । वडा नं. ७ पटेर्वा बस्ने राजकिशोर रायको ईट्टा र काठले बनेको टायलको छानो भएको दुई तल्ले घर भित्र खाना पकाउने चुलोबाट आगो सल्किन गई आगलागी भएको थियो । आगलागी हुदाँ घरभित्र रहेको दाउरा,भुस, काठ पुर्ण रुपमा जलेर सात लाख बराबरको क्षेती भएको र मानविय तथा चौपाया क्षेती नभएको,जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।