२६ मंसिर २०८१, बुधबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
जनज्योति बहुमुखी क्याम्पस लालबन्दीले रजत जयन्ती मनायो – Nigrani Today
समाचारसमाजस्थानीय

जनज्योति बहुमुखी क्याम्पस लालबन्दीले रजत जयन्ती मनायो

सर्लाही,२० मंसिर । सर्लाहीको लालबन्दी नगरपालिकामा रहेको जनज्योति बहुमुखी क्याम्पसले आफ्नो रजत जयन्ती मनाएको छ।जनज्योति बहुमुखी क्याम्पस २५ औं वर्षमा प्रवेश गरेको हुदा क्याम्पसले रजत जयन्ती मनाएको छ।

क्याम्पसले २५ औं वर्षमा विभिन्न चुनौती पार गर्दै मधेस प्रदेशमै नमुना क्याम्पस बनेको छ। यसैगरी जनज्योति  सर्लाही जिल्ला भरीमै प्रथम पटक स्नातकोत्तर अध्यापने गराउने क्याम्पस समेत बनेको क्याम्पस चिफ उमेश तिमल्सिनाले बताउनुभयो ।

विं सं २०५७ सालमा स्थापना भएको क्याम्पस २४ औं वर्ष पूरा गरि २५ औं वर्षमा प्रवेश गरेर रजत जयन्ती मनाएको छ। क्याम्पसमा प्लस २, स्नातक तह, स्नातकोत्तर गरि १ हजार ५ सय १७ विधार्थी अध्यनरत छन । क्याम्पसमा बिबिए, बिबिएम, शिक्षा संकाय लगायत विभिन्न संकायको अध्यापन हुने गरेको छ।

कार्यक्रमका प्रमुख अतिथि तथा विश्व विधालय  अनुदान आयोगका अध्यक्ष देवराज अधिकारीले स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकार, स्थानिय लगायत सबै सहकार्यमा क्याम्पसको प्रगति हुने बताउनुभयो । उहाले सरकारी क्याम्पसले पनि विश्व विधालय  अनुदान आयोग बाट क्यु ए ( अनुदान)लिन नसके अवस्थामा जनज्योति क्याम्पसले क्यु ए अनुदान पाउनु भनेको ठुलो भएको बताउनुभयो ।

उच्च शिक्षा गाउँ गाउँ पुगेको हुदा पनि क्याम्पसमा विधार्थीको संख्या घटेको उहाले बताउनुभयो । निजी क्याम्पसहरुमा विधार्थीको संख्या घटेको हुदा ती क्याम्पसहरु सामुदायिक क्याम्पस सँग मर्ज भए भने मापदण्ड पूरा गरेपछी विश्व विधालय  अनुदान आयोग बाट त्यस्ता क्याम्पसले पनि अनुदान पाउने उहाँले बताउनुभयो ।
उहाले नयाँ सिरा बाट क्याम्पसहरु उच्च शिक्षा तर्फ दिए मात्र क्याम्पसहरु सफल हुने बताउनुभयो ।

विश्व विधालय  अनुदान आयोग अध्यक्ष अधिकारीले अबको शिक्षा बेरोजगारी हटाउन, उत्पादन बढाउन, गरिबी हटाउनको लागि हुनुपर्ने बताउनुभयो ।
अबको शिक्षा प्रविधि मन्त्री, तथा सिपमुलक बनाउनुपर्ने गहाले बताउनुभयो ।
विधार्थीहरुको उच्च शिक्षामा अनुसन्धान मुलक शिक्षाको आवश्यकता भएको र  अनुदान आयोगल अनुसन्धानमुलक शिक्षाको लागि १ अर्व सरकारले लगानी गरेको अधिकारीले बताउनुभयो ।
विधार्थीहरुलाई ज्ञानको क्षेत्रमा प्रतिस्पर्धी बनाउन क्याम्पसहरुले जोड सिनुपर्ने उहाले बताउनुभयो ।
सामुदायिक क्याम्पसको एउटा मात्र विधान हुनुपर्ने उहाले बताउनुभयो ।

प्रतिनिधि सभा सदस्य राम प्रकाश चौधरीले क्याम्पस विकासको लागि आफुले हर सम्भव प्रयास गर्ने बताउनुभयो ।

मधेस प्रदेशका माननीय तथा पुर्व मन्त्री बेची लुङ्गेलीले जनज्योति बहुमुखी क्याम्पस देशैभरीमा नाम स्थापित गराउन सफल भएकोमा खुसि लागेको बताउनुभयो ।

ईश्वरपुरका नगर प्रमुख मनोज कुमार आचार्यले सम्बोधन गर्नु हुँदै उहाले आफुले प्रत्येक वर्ष जनज्योति बहुमुखी क्याम्पस पढने १० जना विधार्थीलाई नगरपालिकाको तर्फ बाट छात्रवृत्ति प्रदान गर्ने घोषणा गर्नुभयो । उहाले विपन्न, जेहेन्दार १० विधार्थीलाई छात्रवृत्ति प्रदान गरिने बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले जुन सुकै विषय लिएर प्रमाणपत्र मात्र लिएर केही गर्न नसकिने भएकोले अबको समय प्रतीस्पर्धाको समय भएको हुदा मेहनत साथ सम्भावना खोजेर  पढन विधार्थीहरुलाई सुझाव दिनुभएको थियो।

उहाले लागुपदार्थको सेवन कर्ता बढिरहेको हुदा विधार्थी कुलतमा नफसी पठन पाठनमा जोड दिन आग्राहक गर्नुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यलयका प्रमुख रविन्द्र सिंह, सशस्त्र प्रहरी सर्लाहीका प्रमुख एसपी बिनोदराज खनाल लगायत विभिन्न व्यक्तिलाई मायाको चिनो प्रदान गरिएको थियो भने क्याम्पसमा योगदान पुर्याउनु हुने विभिन्न व्यक्तिलाई सम्मान गरिएको आयोजक जनज्योति बहुमुखी क्याम्पस लालबन्दीले जनाएको छ।

 

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button