ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय
जनज्योति क्याम्पस पढने १० जना विधार्थीलाई छात्रवृत्ति प्रदान गर्ने नगर प्रमुख आचार्यको घोषणा

सर्लाही । ईश्वरपुरका नगर प्रमुख मनोज कुमार आचार्यले प्रत्येक वर्ष जनज्योति बहुमुखी क्याम्पस पढने १० जना विधार्थीलाई नगरपालिकाको तर्फ बाट छात्रवृत्ति प्रदान गर्ने घोषणा गर्नुभयो ।
सर्लाहीको लालबन्दी नगरपालिकामा रहेको जनज्योति बहुमुखी क्याम्पसमा भएको रजत जयन्ती कार्यक्रमलाई सम्बोधन गर्नु हुदै उहाले विपन्न, जेहेन्दार १० विधार्थीलाई ईश्वरपुर नगरपालिका बाट प्रत्येक वर्ष छात्रवृत्ति प्रदान गरिने बताउनुभयो ।