५ माघ २०८१, शनिबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
१ करोड ६६ लाख बढिको लागतमा ईश्वरपुरमा  आठ कोठे  विद्यालय भवन निर्माण हुने, सांसद चौधरीले गरे विद्यालय भवनको शिलान्यास – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

१ करोड ६६ लाख बढिको लागतमा ईश्वरपुरमा  आठ कोठे  विद्यालय भवन निर्माण हुने, सांसद चौधरीले गरे विद्यालय भवनको शिलान्यास

सर्लाह,४ माघ । सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं ९ मा रहेको ईश्वरपुर बेला माध्यमिक विधालय रामनगर मनहर्वाको आठ कोठे भवनको शिलान्यास गरिएको छ। आठ कोठे भवनको शिलान्यास कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसकी नेत्री तथा प्रतिनिधि सभा सदस्य चन्दा चौधरीले गर्नुभएको थियो ।

सहरी विकास मन्त्रालय तथा ईश्वरपुर नगरपालिकाको लागत साझेदारीमा निर्मित हुने भवन १ करोड ६६ लाख ७८ हजार ३ सय ९८ रुपैयाँ ७७ पैसामा निर्माण हुने भएको छ ।

जसमध्ये प्रतिनिधि सभा सदस्य चौधरीको पहलमा मन्त्रालयबाट १ करोड बजेट छुट्याइएको छ।

विधालय भवन पौष २८ बाट निर्माण कार्य सुरु भई २०८२ कार्तिक १५ गते सम्पन्न हुने विधालयले जनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि चौधरीले विद्यालयमा अध्यनरत छात्र छात्राको लागि ५ वटा कम्प्युटर आफ्नो व्यक्तिगत खर्चमा दिने घोषणा गर्नुभयो ।

उहाले ईश्वरपुरमा एमबुलेनस, स्कुल बस, स्यानेटरी प्याड दिने मेसिन, तथा ईश्वरपुरमा मास्टर डिग्री अध्यापन हुने गरी कक्षाको वृद्धी गरिने बताउनुभयो । आफुले शिक्षा, स्वास्थ्य, रोजगारीलाई प्राथमिकता दिएर काम अघि सारेको हुदाँ ईश्वरपुरमा यस्ता विकासको लागि आफु पछि नहटने बताउनुभयो ।

स्यानेटरी प्याडको मेसिन हरेक वडामा राखिने छ, त्यसबाट एक दुई जना रोजगारी पनि हुने र विद्यार्थीहरु तथा महिलाहरुले निःशुल्क रुपमा स्यानेटरी प्याड लिन सक्ने प्रतिनिधि सभा सदस्य चौधरीले भन्नुभयो ।

आफु १९ वर्ष देखि समाज सेवा गरेको पछि राजनितिमा आएको जन्ताको भावना अनुसार नै आफु राजनितिमा आएको हुदाँ विकास निर्माणको कार्य प्रति आफु सजग भएको प्रतिनिधि सभा सदस्य चौधरीले बताउनुभयो ।

ईश्वरपुर नगरप्रमुख मनोज कुमार आचार्यले ईश्वरपुरको विद्यार्थीहरु गाई, बाख्रा चराएर पनि मास्टर डिग्री पढन पाउने वातावरण आफुले बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । ईश्वरपुरमा एम्बुलेन्सको ल्याउन, स्यानेटरी प्याडको मेसिन ल्याउन, स्कुल बसको लागि पहल गरिदिनु हुन प्रतिनिधि सभा सदस्य चौधरीलार्ई आग्रह गर्नुभयो ।

आफु ईश्वरपुरको जन्ताको हरेक सकारात्मक गतिविधिमा साथ दिने र याँहाको विकासको लागि अघि बढने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button