सर्लाहीका ६८ अतिविपन्न परिवारलाई फाइवर सिरक वितरण

सर्लाही, पुस ४ – चिसो मौसममा प्रभावित अतिविपन्न, गरीब, र दलित समुदायलाई राहत प्रदान गर्न सर्लाहीको पर्सा गाउँपालिका वडा नं. ३ र ५ का ६८ घर परिवारलाई फाइवर सिरक वितरण गरिएको छ।
जिल्ला विपद् व्यवस्थापन समितिको आयोजनामा प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सिरक वितरण गरिएको हो। कार्यक्रममा प्रहरी उपरीक्षक रविन्द्र बहादुर सिंह, सशस्त्र प्रहरी उपरीक्षक बिनोदराज खनाल, सहायक प्रमुख जिल्ला अधिकारी होम प्रसाद घिमिरे, पर्सा प्रहरी चौकीका इन्चार्ज र वडा अध्यक्षहरूको उपस्थिति रहेको थियो।
सिरक वितरणले चिसोबाट प्रभावित विपन्न समुदायलाई केही राहत दिने अपेक्षा गरिएको छ। जिल्लामा चिसोका कारण समस्या झेलिरहेका परिवारलाई राहत पुर्याउन यस्तो अभियानले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।
चिसाेबाट कसरी बच्ने उपाय लगायतका विषयमा समेत प्रजिअज्यूले प्रतिबद्धता व्यक्त गरे।