ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय
किशनपुरमा १ सय विद्यार्थीलाई ब्याग वितरण
सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नं १ किशनपुरमा १ सय विपन्न तथा दलित विद्यार्थीलाई स्कुल ब्याग वितरण गरिएको छ । आज नेपाली कांग्रेस मधेस प्रदेश कार्य समिति सदस्य शर्मिला थापाले विद्यार्थीहरुलाई स्कुल ब्याग वितरण गर्नुभएको छ ।
थापाले आफ्नो व्यक्तिगत खर्चमा विपन्न तथा दलित स्कुले बालबालिकालाई ब्याग वितरण गर्नुभएको छ। ब्याग पाएपछि विद्यार्थीहरु खुसी भएका थिए ।
ब्याग वितरण कार्यक्रममा नेपाली कांग्रेसका पुर्व जिल्ला सभापति सत्यदेव सिंह दनुवार, महाधिवेशन प्रतिनिधि सोनेलाल साह, नेपाली कांग्रेसका नेताहरू श्याम सिंह, अनिल कर्ण, तेजनारायण चौधरी,वडा नं १ का वडा सभापति ईसा मंसुर, वडा नं २ का वडा सभापति मक्सुद आलम लगायत ७ वटै वडाको सभापति, स्थानीयहरुको उपस्थिति रहेको थियो ।