नेपाल रेडक्रस सोसाइटी हरिपुर उपशाखाको निर्वाचनमा चन्द्रिका साहको प्यानल विजयी
सर्लाही, ८ माघ । नेपाल रेडक्रस सोसाइटी हरिपुर उपशाखाको निर्वाचनको सभापतिमा चन्द्रिका साह विजयी भएको छ । साह प्यानल सहित नै निर्वाचित हुनुभएको छ।
गए राति सम्पन्न मतगणना परिणाम अनुसार साहले २ सय ८२ मत प्राप्त गरि निर्वाचित हुनुभएको छ भने
उहाँको निकटतम प्रतिद्वन्द्वी चुडामणी धामीले १ सय ९६ मत प्राप्त गर्नुभयो ।
साह प्यानल बाट महिला उपसभापती पदमा देव कुमारी थापाले २ सय ७६ मत प्राप्त गरी निर्वाचित हुनुभयो भने उहाको निकटतम प्रतिस्पधी सावित्री कुमारी कार्कीले २ सय १४ मत प्राप्त गर्नुभयो ।
सचिव पदमा एकेन्द्र कुमार बस्नेतले ३ सय ११ मत प्राप्त गरि निर्वाचित हुनुभयो भने मोममद असफाकले १ सय ७७ मत प्राप्त गर्नुभयो ।
उप सचिव पदका लागि सहदेव दास बनियाले २ सय ९२ मत प्राप्त गरि निर्वाचित हुनुभयो भने उहाँको निकटतम प्रतिस्पर्धी ओम प्रकाश साह रौनियारले २ सय १ मत प्राप्त गर्नुभयो ।
त्यस्तै कोषाध्यक्ष पदमा बासुदेव साहले २ सय ८६ मत प्राप्त गरि निर्वाचित हुनुभएको छ भने उहाको निकटतम प्रतिस्पधी रविन्द्र राय यादवले २ सय ९ मत प्राप्त गर्नुभयो ।
उपकोषाध्यक्ष पदमा रमेश कुमार साह रौनियारले २ सय ८८ मत प्राप्त गरि निर्वाचित हुनुभएको छ भने उहाको निकटतम प्रतिस्पर्धी शुभकरण चौधरीले २ सय मत प्राप्त गर्नुभयो ।
यसैगरी महिला सदस्यमा शोभा कुमारी श्रेष्ठले २ सय ६३ मत प्राप्त गरि निर्वाचित हुनुभएको छ भने उहाको निकटतम प्रतिस्पर्धी सुश्मा न्यौपानेले २ सय २३ मत प्राप्त गर्नुभएको छ।
त्यस्तै खुल्ला सदस्यमा रामा चालिसेले २ सय ९४ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ भने उहाको निकटतम प्रतिस्पर्धी सुकेश्वर दासले २ सय ११ मत प्राप्त गर्नुभयो ।
महाविर दास कथबनियाले २ सय ६८ मत प्राप्त गरि निर्वाचित हुनुभएको छ भने उहाको निकटतम प्रतिस्पर्धी ईफ्तेखार हुसैनले १ सय ८९ मत प्राप्त गर्नुभयो ।
राजन प्रसाद पोखरेलले २ सय ९८ मत प्राप्त गरि निर्वाचित हुनुभएको छ भने उहाको निकटतम प्रतिस्पर्धी अजय कुमार चौधरीले १ सय ८६ मत प्राप्त गर्नुभयो ।
त्यस्तै धर्मविक्रम कार्कीले ३ सय १४ मत प्राप्त गरि निर्वाचित हुनुभएको छ भने उहाको निकटतम प्रतिस्पर्धी गौरी प्रसाद सुवेदीले १ सय ८५ मत प्राप्त गर्नुभएको नेपाल रेडक्रस सोसाइटीले जनाएको छ ।