आज बाट सर्लाहीको १० वटा पालिकामा किशोरीलाई क्यान्सर विरुद्धको खोप दिइदै
सर्लाहीमा ५१ हजार ७ सय २४ जना किशोरीलाई क्यान्सर विरुद्धको खोप आजबाट दिइने भएको छ ।सर्लाहीको २० पालिकामा मध्ये पहिलो चरणमा १० पालिकामा आजबाट क्यान्सर विरुद्धको खोप सुरु भएको हो ।
आज लालबन्दी, ईश्वरपुर, चन्द्रनगर, ब्रह्म्पुरी, पर्सा, हरिपुर्वा, मलंगवा, कौडेना, हरिपुर र कविलासी लगायतको पालिकामा एकै साथ क्यान्सर विरुद्धको एचपिभी खोप सुरु गरिएको स्वास्थ्य कार्यालय मलंगवाले जनाएको छ ।
आज मलंगवामा रहेको पब्लिक माविमा क्यान्सर विरुद्धको एचपिभी खोप कार्यक्रमको उदघाटन गरिएको छ । जिल्ला स्तरिय खोप समन्वय समिती अध्यक्ष कौशल किशोर सिंहले क्यान्सर विरुद्धको एचपिभी खोप कार्यक्रमको उदघाटन गरेको स्वास्थ्य कार्यालय सर्लाहीले जनाएको छ ।
स्वास्थ्य कार्यालयका प्रमुख नवल किशोर झाले भोली बुधवार देखि २९ गते सम्म र फाल्गुन १ देखि ७ गते सम्म दुई चरणमा सर्लाहीका २० वटै पालिकामा क्यानसर विरुद्धको खोप संचालन हुने बताउनुभयो ।
विधालय बाहिर रहेका १० देखि १४ वर्ष सम्मको किशोरी तथा विधालयमा अध्यनरत कक्षा ६ देखि १० सम्मका छात्राहरूलाई एचपिभी खोप लगाइने स्वास्थ्य कार्यलय प्रमुख झाले बताएका छन् ।