सर्लाहीको कविलासी नगरपालिकामा तालाबन्दी गरिएको छ । स्तर वृद्धि तथा तहवृद्धि समयमै नगरेको भन्दै नगरपालिकाका कर्मचारीले माग पूरा नहुन्जेलसम्म धर्ना तथा तालाबन्दी गरिरहने स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन, नेपालका अध्यक्ष संजिव साहले जानकारी दिनुभयो । आज बाट माग पूरा नहुन्जेलसम्म धर्ना तथा तालाबन्दीको कार्यक्रम गरिरहने आन्दोलनरत कर्मचारीले बताएका छन ।
यसैगरी राष्ट्रसेवक कर्मचारी संगठन, नेपालले नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको ध्यानाकर्षणमा एउटा ज्ञापन पत्र प्रस्तुत गरेको छ । संगठनले स्थानीय सेवा (गठन तथा संचालन) ऐन २०८१ अनुसार कर्मचारीको तहवृद्धि नगरेको विषयमा गम्भीर आपत्ति जनाउँदै आन्दोलनको चेतावनी दिएको छ । ज्ञापन पत्रमा स्थानीय तहको कर्मचारीको स्तरवृद्धि र तहवृद्धि आवश्यक प्रक्रिया पुरा गरिएको भए पनि प्रमुख प्रशासकीय अधिकृतबाट कर्मचारीको तहवृद्धि नगर्ने निर्णय गरिएको छ।
यस विषयमा नगरपालिकाका कर्मचारीहरुले पटक पटक अनुरोध गरे पनि कुनै प्रतिक्रिया नदिएको र यसकारण कर्मचारीको हकहितमा धक्का पुर्याइएको संगठनको भनाइ छ । संगठनले चेतावनी दिएको छ कि यदि कर्मचारीको तहवृद्धि समयमै नगरेमा आन्दोलन लगायतका बिरोध कार्यक्रम आयोजना गरिनेछ र आन्दोलनको क्रममा कुनै अनहोनी भएमा नगरपालिकाको जिम्मेवारी हुने चेतावनी पनि दिइएको छ ।