१० फाल्गुन २०८१, शनिबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
हरिवनमा निःशुल्क आँखा शिविर सञ्चालन – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

हरिवनमा निःशुल्क आँखा शिविर सञ्चालन

सर्लाही,३ फागुन । सर्लाहीको हरिवनमा निःशुल्क आँखा शिविर सञ्चालन भएको छ । नगर स्वास्थ्य शाखाकाले आज बाट फागुन ८ गतेसम्म शिविर सञ्चालन हुने जानकारी दिएको छ । नगर स्वास्थ्य शाखाका संयोजक जनस्वास्थ्य अधिकृत रामबाबु चौधरीका अनुसार हरिवन नगरपालिका, नेपाल नेत्रज्योति संघ भरतपुर आँखा अस्पताल, चितवन र आखा उपचार केन्द्र सुखेपोखरी हरिवनको संयुक्त आयोजनामा आँखा शिविर सञ्चालनभएको हो ।

शिविरको उद्घाटन हरिवन स्वास्थ्य चौकी, घुर्कौली स्वास्थ्य चौकी र सासापुर स्वास्थ्य चौकीबाट एकै पटक भएको छ । त्यस्तै फागुन ५ गते आँखा उपचार केन्द्र सुखेपोखरीमा शिविर सञ्चालन हुनेछ । शिविरमा विरामीहरुको निःशुल्क जाँच गरिनुका साथै उनीहरुलाई चश्मा र औषधीसमेत निःशुल्क प्रदान गरिनेछ । शिविरमा फेला परेका मोतियाविन्दुका विरामीहरुको फागुन ६ गतेदेखि ८ गतेसम्म तीन दिन आँखा उपचार केन्द्र सुखेपोखरीमै निःशुल्क अपरेशन हुनेछ ।

स्वास्थ्य शाखाका संयोजक जनस्वास्थ्य अधिकृत चौधरीका अनुसार पछिल्लो समय धुँवा, धुलो, तथा मोवाईल, कम्प्युटरजस्ता प्रविधिको प्रयोगले मानिसहरुको आँखामा समस्या आउने गरेको छ । हरिवन नगरभित्र पनि मोतियाविन्दुको विरामीहरु धेरै हुन सक्ने भन्दै उनीहरुलाई नै लक्षित गरेर शिविर गर्न लागिएको हो ।

शिविरमा भरतपुर आँखा अस्पतालबाट आएका आँखाका डाक्टरहरुले विरामीहरुको आँखाको जाँच गर्नेछन् । नगर स्वास्थ्य शाखाकाले शिविरमा आई निःशुल्क रुपमा आँखा जाँच गराई मौकाको फाईदा लिन सबैलाई आग्रह गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button