१७ फाल्गुन २०८१, शनिबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
एमाले चन्द्रनगर गाउँपालिका कमिटिको ३ महिने अभियानको विस्तारित वैठक सम्पन्न – Nigrani Today
ताजा खबर

एमाले चन्द्रनगर गाउँपालिका कमिटिको ३ महिने अभियानको विस्तारित वैठक सम्पन्न

सर्लाहीको चन्द्रनगरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)३ महिने अभियानको विस्तारित वैठक गरेको छ। चन्द्रनगर गाउँपालिका कमिटिले वडा केन्द्रित ३ महिने अभियानको विस्तारित वैठक कार्यक्रम  गरेको छ। उक्त अभियानको प्रमुख उद्देश्य पार्टीका सदस्यहरूको सशक्तिकरण र जनतासँगको सम्वन्धलाई प्रगाढ बनाउने रहेको एमाले सर्लाहीका नेता नन्दकिशोर यादवले जानकारी दिनुभयो ।

कार्यक्रमको प्रमुख  संविधान सभा सदस्य रंजना सरकार, जिल्ला अध्यक्ष राजनारायण साह ,हरिवनका पुर्व मेयर गणेश प्रसाइ, ईश्वरपुरका पुर्व मेयर मनोज कुमार बेवकाटा ,प्रदेश  सदस्य सुशील  थपलिया, एमालेका नेता चुडामनी वाग्ले मिन कुमार गौतम , संतोष आचर्य लगायत अन्य नेताले पनि मनतबव्य दिएका थिए । चन्द्रनगर गाउँपालिका-१, लघुवा कृष्ण मन्दिरको स्थानमा कार्यक्रम भव्य रुपमा आयोजित भएको अर्का नेता अबध रायले जानकारी दिनुभयो ।

कार्यक्रममा ‘जनताको बहुदलिय जनवाद-जिन्दावाद’ र ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारा पनि प्रस्तुत गरिएको थियो, जसले समृद्धि र विकासको मार्गमा पार्टीको प्रतिबद्धता प्रकट गरेको छ। ३ महिने अभियानले पार्टीको आधारलाई सुदृढ पार्ने र जनताको पक्षमा कडा संघर्ष गर्नको लागि मार्गदर्शन गर्ने नेताहरुले अपेक्षा गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button