सर्लाहीको ईश्वरपुरमा व्यवसायीक बाख्रा पालन तालिम सम्पन्न

सर्लाहीको ईश्वरपुर नगरपालिकामा रहेको चमेली बचत तथा ऋण सहकारी संस्थाले आफ्नो सेयर सदस्यहरुलाई व्यवसायीक बाख्रा पालन सम्बन्धी दुई दिने तालिम प्रदान गरेको छ। तालिममा स्थानीय कृषक र पशुपालकहरुलाई बाख्रा पालनका नयाँ प्रविधि र यसको व्यवसायिक पक्षका बारेमा जानकारी दिइएको थियो।
हिजो बाट सुरु भएको तालिमको आज समापन भएको वरिष्ठ अधिकृत कमलेश साहले जानकारी दिनुभयो ।
तालिमका क्रममा बाख्रा पालनका विभिन्न पक्ष, जस्तै- आहार, स्वास्थ्य र प्रजनन व्यवस्थापन, बजारमा बिक्रीका लागि रणनीतिहरू र लाभ बढाउने उपायहरूबारे प्राविधिक जानकारी प्रदान गरिएको थियो।
तालिमले पशुपालकहरुलाई व्यवसायिक रूपमा बाख्रा पालनमा लगानी गर्न र त्यसबाट लाभ कमाउन प्रोत्साहन दिने अपेक्षा गरिएको छ।
संस्थाका उपाध्यक्ष प्रमिला देवी थरुणी, संस्थापक सल्लाहकार कुन्ती देवी साह द्वारा तालिममा सहभागी २० जना लाई प्रमाणपत्र वितरण गरिएको थियो