७ मंसिर २०८२, शनिबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
लालीगुराँस एकेडेमीले मनायो ४० औं वार्षिकोत्सब तथा अभिभावक दिवस – Nigrani Today
ताजा खबरमधेश प्रदेशसमाचारसमाजस्थानीय

लालीगुराँस एकेडेमीले मनायो ४० औं वार्षिकोत्सब तथा अभिभावक दिवस

सर्लाहीको ईश्वरपुर नगरपालिका स्थित बयलबास बजारमा रहेको लालीगुँरास एकेडमीले आफ्नो ४० औं वार्षिकोत्सब तथा अभिभावक दिवस मनाएको छ । आज लालीगुँरास एकेडमीले आफ्नो ४० औं वार्षिकोत्सब अवसरमा विभिन्न कार्यक्रम समेत गरेको छ ।

विद्यालयको संस्थापक अध्यक्ष उतम राज शर्माको अध्यक्षता तथा ईश्वरपुर नगर प्रमुख मनोज कुुमार आचार्यको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

सर्लाही जिल्लाकै पहिलो निजि विद्यालय नर्सरी देखि कक्षा १२ सम्म अध्यापन गराउने लालीगुराँस एकेडेमीले वार्षिकोत्सबको अवसरमा शैक्षिक प्रदर्शनी, साँस्कृतिक कार्यक्रम समेत गरेको छ ।

यसैगरी वार्षिकोत्सबको अवसरमा विद्यालयले उत्कृट ५ जना अभिभावकलाई र ईश्वरपुर नगरपालिका वा नं. ८ मा रहेको आदर्श निम्न माध्यमिक विद्यालयका निवृत शिक्षक प्रेमकुमार थारुलाई सम्मान सम्मान समेत गरेको छ ।

त्यस्तै विद्यालयले नर्सरी देखि कक्षा १० सम्मका हरेक सेक्सनका १ जना गरी ३४ जना विद्यार्थीलाई उत्कृष्ट विद्यार्थी पुरस्कार र १४ जना विद्यार्थीलाई खेल प्रतिभा पुरस्कार प्रदान गरेको प्राधानाध्यापक उज्जवल शर्माले जानकारी दिनुुभयो ।

लालीगुराँस एकेडेमीले प्रत्येक वर्ष आफ्नो वार्षिकोत्सबको अवसरमा सिर्जनात्मक कार्य गर्ने गरेको विद्यालयले जनाएको छ ।

लालीगुराँस एकेडेमीमा ५९ जना शिक्षक तथा कर्मचारीहरु कार्यरत छन भने १६ सय ५० जना विद्यार्थीहरु अध्यनरत रहेका छन । त्यस्तै विद्यालयले विभिन्न शिर्षकमा प्रत्येक वर्र्र्ष गरिव तथा जेहेन्दार २ सय विद्यार्थीलाई मासिक शुल्कमा छात्रवृती प्रदान गर्ने गरेको विद्यालय प्रशासनले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button