२४ फाल्गुन २०८१, शनिबार | Email:- info@nigranitoday.com | marketing@nigranitoday.com
लालबन्दी जेसीजले नारी सम्मान कार्यक्रममा ९ जना महिलालाई कदर पत्र प्रदान गर्दै गर्याे सम्मान – Nigrani Today
ताजा खबर

लालबन्दी जेसीजले नारी सम्मान कार्यक्रममा ९ जना महिलालाई कदर पत्र प्रदान गर्दै गर्याे सम्मान

लालबन्दी । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा, लालबन्दी जेसीजले एक विशेष कार्यक्रमको आयोजना गर्दै समाजमा सक्रिय र अनुकरणीय कार्य गर्दै आउनु भएका ९ जना महिलालाई कदर पत्र सहित सम्मान गरेको छ।

कार्यक्रमको उद्घाटन लालबन्दी जेसीजकी अध्यक्ष सुनिता कुमारि खरेलको अध्यक्षतामा भएको थियो, जसमा प्रमुख अतिथि पूर्व मन्त्री र मधेश प्रदेश सभा सदस्य माननीय बेची लुङ्गेली, विशिष्ट अतिथि लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकारी बसन्त न्यौपाने, र विभिन्न महिला अधिकारका क्षेत्रका संघ संस्थाका प्रतिनिधिहरू उपस्थित थिए।

यस वर्षको अन्तर्राष्ट्रिय नारी दिवसको नारा “For ALL women and girls: Rights, Equality, Empowerment” (सबै महिला र छोरीहरूको लागि: अधिकार, समानता र सशक्तिकरण) रहेको छ। कार्यक्रमले समाजमा फरक शारीरिक क्षमता र विभिन्न सामाजिक अवस्थासँग संघर्ष गर्दै समाजका लागि महत्वपूर्ण योगदान दिने ९ महिलालाई सम्मानित गरेको लालबन्दी जेसीजका महासचिव कोमलहरी गौतमले जानकारी दिए।

सम्मानित हुने महिलाहरूमध्ये स्वास्थ्य सेवामा कार्यरत स्मिता उप्रेति र पदमा कुमारी आचार्य, वित्तीय क्षेत्रमा कार्यरत मनिषा खडका, शिक्षण पेशामा कार्यरत तारा वाईवा, एकल महिला कर्मचारी आशादेवी पौडेल, मयूरी चालक देवि वाईवा, राष्ट्रिय खेलाडी रोजिना पोखरेल, र महिला प्रहरी रेणु फुयाल र लक्ष्मी गोले रहेका छन्।

कार्यक्रमको समापनमा, लालबन्दी जेसीजका स‌ंस्थापक अध्यक्षा किरण घिमिरे र लालबन्दी जेसीजकी अध्यक्ष खरेलले सबैलाई धन्यवाद दिँदै महिलाहरुको सामाजिक र पारिवारिक स्थितिमा सशक्तीकरणको मार्गप्रशस्त गर्नका लागि जारी राखिने अभियानको प्रतिबद्धता समेत व्यक्त गरे।

कार्यक्रमको क्रममा, नारीहरुको अधिकार र समानताको महत्व र महिलालाई सशक्त बनाउनका लागि विविध प्रयासहरूको आवश्यकता बारेमा समेत चर्चा गरिएको थियो।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button