
सर्लाही ।सर्लाही रामनगर गाउँपालिका वडा नं. ६ शिशौट निवासी नेकपा माओवादीका नेता हृदय राय यादव नेपाली काँग्रेसमा प्रवेश गरेका छन ।
सर्लाहीको धनकौल गाउँपालिका निवासी मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्यामन्त्री वीरेन्द्रप्रसाद सिंहले माओवादीका नेता यादवलाई नेपाली काँग्रेसमा स्वागत गर्नुभएको छ ।
मन्त्री सिँहले नव प्रवेशी यादवलाई माला तथा अबिर लगाएर नेपाली काँग्रेसमा स्वागत गर्नुभएको छ । यसैगरी रामनगर अन्य विभिन्न पार्टी परित्याग गरी विभिन्न व्यक्ति नेपाली काँग्रेसमा प्रवेश गरेका छन ।